चिनियाँले नै ठगे चिनियाँ नागरिकको ९० लाख


नेपाल समाचारपत्र, काठमाडौँ ।
महानगरीय अपराध महाशाखाले ठगीमा संलग्न चिनियाँ झिओङ जिआन युआनलाई पक्राउ गरेको छ ।
काठमाडौंमा काम गर्ने एक चिनियाँ नागरिक आफ्नै देशबासीबाट ठगिएका छन् । पुरातात्विक महत्वको बहुमूल्य धातु भन्दै उनको ९० लाख ठगी भएको हो ।
उनले नेपालमा निर्माण कम्पनीमा कार्यरत झयान जीन जियाङलाई ठगेका हुन्।

महाशाखाका अनुसार युआनले जियाङलाई एक सय वर्ष पुरानो बहुमूल्य धातु बेच्नका लागि कालोपुलमा बोलाएका थिए। जियाङ ९० लाख रुपैयाँ बोकेर कालोपुल पुगेपछि उनलाई २० थान सुनका टुक्रा जस्ता वस्तु थमाएर युआन फरार भएका थिए । जियाङले आफू ठगिएको थाहा भएपछि महाशाखामा खबर गरेका हुन् ।
युआनलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।