घर छोडेको १० वर्ष बितिसक्दा पनि घर फर्केनन एक यूवा


सरिता चलाउने, सल्यान ।
घर बाट निस्किएको १० वर्ष बितिसक्दा पनि छोरा घरमा नफर्किए पछि वेपत्ता भएका छोराको खोजी गरिदिन वृद्ध आमाबाबुले सवैमा आग्रह गरेका छन् । २०६४ साल मंसिर महिनादेखि आफ्नै घरदेखि निस्कीएका छोरा हालसम्म पनि नफर्किए पछि वृद्ध आमाबुवाले वेपत्ता भएका छोरा खोजी दिन आग्रह गरेका हुन ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न १ साबिक ( देवस्थल वडा न ७ ) सल्लीबजारका ३४ वर्षिय धर्मे बुढा १० वर्षअघि आफ्नै घरबाट एकाक्सी निस्किएका थिए ।
घरबाट निस्किएको ५ दिनपछि नेपालगञ्जमा चिनेका केहीले देखेको र घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नफर्किएको बुवा चन्द्र बुढाले बताए । उहाँले भन्नु भयो घरमा कुनैलाई केही खबरै नगरी राती निस्किएर गएछ हामीलाई थाहा नै भएन । गाउँघरतिर गएको होला एक दुई दिना फर्किलाल्छ भनेर खासै वास्ता गरिएन, पाँच दिन पछि गाउँका नेपालगन्ज घुम्ना गएका मान्छेले नेपागलञ्ज देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेको गाउँलले बताए तर भारत गयो गएन अहिलेसम्म फर्किएर आएको छैन ।

घरको जेठो छोरा नै बेपत्ता भए पछि वृद्ध बुवा आमा निरासमा परेका छन । उहाँका माइला र कान्छा छोराहरू बिबाह गरेर छुटा भइ सकेको र आफू सङ्ग भएको जेठो छोरा नै बेपत्ता भए पछि निराशामा परेका छन । आफुहरुले छोरालाई धेरै खोजेको र छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाएपनि छोरा अहिले सम्म पनि घर नफकिएर्को उनिहरुले बताएका छन ।
आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने वृद्ध बुढाले बताए । फेला पार्नु हुने जो कोहिले पनि सम्पर्क नम्बर ९८०४५९६९१३ सम्पर्क गरिदिनु हुना अनुरोध गर्नु भएको छ ।