बालमैत्री वडा घोषणाको तयारी


नेपाल समाचारपत्र, काभ्रे ।
पनौती नगरपालिका वडा नम्वर १२ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । साविक कलाँती भूमिडाँडा गाविसले बालमैत्री स्थानीय शासन अवलम्वन गरिरहेको गरिरहेको थियो । जिल्लाको पहिलो र प्रदेश नम्वर ३ को दोश्रो वडाका रुपमा भूमिडाँडालाई लिईएको छ ।
साविकको भूमिडाँडा गाविसमा ९ सय ३५ घरधुरी छन् भने ४ हजार ७ सय ७ जनसंख्या रहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालमैत्री स्थानीय शासन राष्ट्रिय नीति २०६८, कार्यान्वयन कार्याविधि २०६८ र घोषणा कार्याविधि २०७० बमोजिम ३९ वटा सूचक पुरा गरेको छ । सुचकका बारेमा जिल्ला समन्वय समिति काभ्रे, पनौती नगरपालिका र अन्य सरोकारवाला निकायहरुले अनुगमन गरिसकेका छन् । साउन २१ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बालमैत्री वडा घोषणा गर्ने छन् ।

२०७२ साल देखि बालमैत्री सम्वन्धी विभिन्न कृयाकलापहरु संचालन हुँदै आएको उक्त वडामा २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भए सँगै बालमैत्री घोषणाका लागि आवश्यक पर्ने सूचक कार्यान्वयनले थप तिव्रता पाएको हो । साविकको नेकपा एमालेका अध्यक्ष इश्वर जंगमले अत्याधिक मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।