बागलुङमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु


नेपाल समाचारपत्र, बागलुङ ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
ढुंगा लोड गरेर ताराखोलाको मच्छरबाट हिँडेको ट्रयाक्टर सडकमै पल्टिएपछि गलकोट नगरपालिका-७ का १२ वर्षीय सुजन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ त २७१ नम्बरको ट्रयाक्टरको स्टेरिङ फेल भएपछि भित्तामा पुगेर ठोकिएपछि ट्रयाक्टर पल्टिएको प्रहरीले बताए । सोमबार रातिको घटनामा गम्भीर घाइते विकलाई उपचारका लागि हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र लागिएको थियो।

उनलाई उपचार गराउन नपाउँदै मृत्यु भएको थियोे । ट्रयाक्टरका चालक ईश्वर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक मनबहादुर विकसहितको टोली घटनास्थल पुगि दुर्घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।