मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डरमा राष्ट्रिय महिला फुटबल खेलाडी पौडेल


सञ्जय कार्की, रौतहट ।
राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई मङ्गलबार मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।
बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएकी राष्ट्रिय महिला फुटबल खेलाडी पौडेल लाई कम्पनिले आफनो उत्पादनमा सघाउ पुरयाउने उदेश्यले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

रौतहटको चन्द्रपुर–५ मा रहेको मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले राष्ट्रिय महिला फुटबल खेलाडी पौडेल बार्षिक १ लाख ५० हजार पारिश्रमिक पाउने गरी ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको जनाएको छ । कम्पनी द्धारा आयोजित कार्यक्रममा दुबैले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

अन्तराष्ट्रियस्तरमै देशको नाम राख्न सफल भएकी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियक्त गर्न पाउनु कम्पनीको शौभाग्य रहेको कार्यकारी निर्देशक दिपक कुमार साहले बताउनु भयो । ०६० साल देखि रौतहटको भुमिमा फुटबल खेल्दै ०६३ सालमा ससस्त्र प्रहरीको एपिएफ कल्बमा आबद्ध भएकी पौडेलले सोही समय देखि ब्यबसायिक फुटबल खेल्दै आएकी हुन ।

ससस्त्र प्रहरीको सहायक हबल्दार सम्म भएकी पौडेलले अन्तराष्ट्रिय स्तरको साग खेल–२ पटक, साफ च्याम्पियनसिप–२ पटक, ईन्टरनेशनल फ्रेन्डिली–२ पटक, ईक्वल प्लेईग फिल्ड जोर्डन क्वोरष्ट २०१८–१ पटक भाग लिइसकेकी छिन । श्रीलंका, बङ्गलादेश, कतार, कुबेत, जोर्डन, भारत लगायतका देशमा भएको फुटबल प्रतियोगितामा पौडेलले नेपालको राष्ट्रिय टोलिमा सहभागि भएकी हुन ।

पानी उत्पादन गर्दै आएको सो कम्पनीले खेलक्षेत्रमा आबद्ध खेलाडीको प्रोत्साहनका लागि पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको कार्यकारी निर्देशक साहले बताउनु भयो । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि पौडेलले भनिन ब्राण्ड एम्बास्डरमा नियुक्त गरेर कम्पनीले खेलाडीको मनोबल उठाउने कार्य गरेको भन्दै आभार प्रकट गरेकी छिन ।