घर भत्कँदा रु २१ लाख क्षति


हुम्ला ।
हुम्ला जिल्लामा लगातार पानी परेसँगै साउन १३ गतेको राति सिमीकोटबाट उत्तरी भेगमा पर्ने नम्का गाउँपालिका–२ बस्ने टक्कबहादुर लामाको घर पूर्णरुपमा क्षति भएको छ ।

धारापुरी चौकीबाट सोमबार मुचुल्का गरी रु २१ लाख बराबरको क्षति भएको स्थानीय बासिन्दा छिरिङले फोनबाट आज बिहान जानकारी दिनुभयो ।
रासस