सुष्माको माया पिरती भिडियोमा

0
Shares

गायिका सुष्मा तामाङको पहिलो गीत माया पिरती लाउन म्युजिक भिडियोसहित राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

सुष्माकै शब्द रहेको गीतमा सन्तोष सुब्बाको संगीत छ। दिलीप ओखेडाले निर्देशन गरेको म्यजिक भिडियोमा गायिका सुष्मा र निर्देशक आफैं फिचरिङ भएका छन्। रामेश्वर कार्कीले खिचेको भिडियोको निर्माता पेमा तामाङ हुन्। १० कक्षामा अध्ययनरत गायिका सुष्माले आफूलाई सानैदेखि गायिका बन्ने चाहना भएको र अहिले आएर पहिलो गीत सार्वजनिक गरिएको बताइन्।

भिडियो प्रिमियर कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक ऋषि लामिछानेले सुष्माको गायन कलाको तारिफ गरे। बलिउड मोसन डान्स फिल्म प्रालिको प्रस्तति रहेको भिडियोलाई गीतको भावअनुसार सुन्दर बनाउने प्रयास गरिएको निर्देशक तथा मोडल दिलीपले बताए।