ब्रज फाइटमा सनी पहिलो


काठमाडौं, (नेस)
बज्र फाइटको दोश्रो संस्करणअन्तर्गत आर्मीका सनीसिंह सुनुवार पुरुष ७६ केजीतर्फ पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सो तौल समूहको फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे । नेपाल क्योकुसिन कराते डो संघ (बज्र) द्वारा आयोजित प्रतियोगिताको पुरुष ४८ केजीमुनि आर्मीका राजकुमार यादवले एमएमए क्लबका अखिम राई, ५५ केजीमुनि केन्द्रीय डोजोका महेश भुजेलले एमएमएका असिम लामा, ६२ केजीमुनि आर्मीका चोपबहादुर बुढाथोकीले सो क्योकुसिनका पेमा छिरिङ तामाङ तथा ६९ केजीमा आर्मीका विकास गुरुङले सो क्योकुसिनका सुनील महर्जनलाई हराउदै पहिलो स्थान हात पारे ।

महिला ७१ केजीमुनि फाइनलमा आर्मीकी मन्जु विकले एमएमएकी साम्या मगरको चुनौती समाप्त पार्दै स्वर्ण चुमिन् । विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, प्रथम उपाध्यक्ष पुष्पमान मानन्धर र उपाध्यक्ष रामजीप्रसाद वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै स्पर्धामा नगद पुरस्कार रहेको थियो ।