शिक्षा पत्रकारिता पुरस्कार घिमिरे र गाउँलेलाई


काठमाडौँ ।
यस वर्षको १४औँ वार्षिक वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई प्रदान गर्ने भएको छ ।

उक्त पुरस्कारको राशी जनही रु १० हजार रहेको छ । चौधरी ग्रुपको प्रायोजनमा आजको आवाज मिडिया र शिक्षालय मासिकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

सो अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का केन्द्रीय उपाध्यक्ष ईश्वर गुरुङले गैरसरकारी संस्थाबाट यस्ता पुरस्कार वितरण गरिँदा गरीब र जेहेन्दार विद्यार्थीलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एन प्याब्सन० का पूर्वअध्यक्ष कर्णबहादुर शाहीले शिक्षा पत्रकारिता क्षेत्रले शैक्षिक योगदानकर्तालाई सम्मान गर्नु सकारात्मक भएको बताउनुभयो ।

चौधरी ग्रुपका वरिष्ठ व्यवस्थापक सुरेन्द्र खनालले शिक्षा क्षेत्रमा योगदान दिने यस्ता पुरस्कारलाई भविष्यमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

शिक्षालय मासिकका प्रकाशक श्याम तण्डुकारले यस वर्षमात्र वाइवाईले १३ वटा विधाअन्तर्गत नेसनल एजुकेशन अवार्ड दिइने जानकारी दिनुभयो ।

ती अवार्डमा स्कूल अफ दि इयर ९सामुदायिक र संस्थागत विद्यालय०, वेष्ट टिचर अवार्ड ९सामुदायिक विद्यालय०, कन्ट्रिब्युसन अवार्ड ९शैक्षिक संघसंस्था, संगठन०, क्रियटिभ कलेज अवार्ड ९कलेज०, प्रिन्सिपल अफ दि इयर, एजुकेशन भिजन अवार्ड, वाइवाई ज्ञानउदय छात्रवृत्ति पुरस्कार, एक्सिलेन्स अवार्ड ९कक्षा ११÷१२ का विद्यालय०, गुडविल एचिभमेन्ट अवार्ड ९विद्यालय वा कलेज०, डेडिकेशन अवार्ड ९शिक्षा सेवा० रहेका छन् ।

त्यस्तै राइजिङ अवार्ड ९विद्यालय वा कलेज० र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि वितरण गर्नेछ ।

यसैगरी वाइवाईकोतर्फबाट ज्ञानउदय छात्रवृत्ति पुरस्कार सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गर्ने छ । उक्त पुरस्कारको राशि रु २५ हजार छ ।

ती सबै पुरस्कार साउन २८ गते प्रदान गरिने जनाएको छ ।
रासस