डिएलएको नेतृत्वमा अधिकारी


चितवन ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन (डीएलए) को १० औँ राष्ट्रिय महाधिवेशन योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै आज गैँडाकोटमा सम्पन्न भएको छ ।

अधिकारीले ४ सय ३२ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी सीताराम केसीले ३३४ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ४३५ मत प्राप्त गरी सुरेशकुमार पौडेल निर्वाचित हुनु भएको छ । महिला उपाध्यक्षमा सुष्मा बराल बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रदेश नम्बर १ को उपाध्यक्षमा मुरारी खड्का र प्रदेश नम्बर २ को उपाध्यक्षमा राजन दाहाल निर्विरोध निर्वाचित हुनु भएको थियो । प्रदेश नम्बर ३ बाट राजु कटुवाल, प्रदेश नम्बर ४ बाट फणिन्द्रराज कोइराला, प्रदेश नम्बर ५ बाट गोकर्णसिंह थापा निर्वाचित हुनुभएको छ । प्रदेश नम्बर ६ बाट वीरबहादुर जेठारा र प्रदेश नम्बर ७ बाट खड्गबहादुर सिजापति निर्विरोध निर्वाचित हुनुभएको महाधिवेशन मूल आयोजक समितिका सदस्य विष्णु अर्यालले जानकारी दिनुभयो ।

महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, खुल्ला सचिवमा खड्कबहादुर बुढाथोकी ९सुबास० र महिला सचिवमा विष्णु बस्याल निर्वाचित हुनुभएको छ ।

महाधिबेशनमा एक हजार १३१ प्रतिनिधि रहेकोमा ८१४ जनाले मतदान गरेका थिए । तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो । महाधिवेशनको शनिवार नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
रासस