तस्करीको आरोपमा ब्यवसायी पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जका एकजना ब्यवसायी गौतम चौरसियालाई पक्राउ गरेको छ ।
रजनीगन्धा र तुलसीलगायत सामानहरुको तस्करी गरेको अभियोगमा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो । रजनीगन्धा र तुलसीलगायत अवैध सामाग्रीहरुको तस्करी गरेको भन्दै उनी र उनका सहयोगी भारतीय नागरिक रामरोशन कुमारलाई प्रहरीले वीरगन्जको दुर्गाटोलबाट तस्करीको मालसामानसहित गिरफ्तार गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय जे एच.०९.जे.३१११ नम्बरको गाडी सहित रजनीगन्धाको बट्टा, ८० थान ,रजनिगन्धा सानो पुरिया ६,४८० पिस , रजनीगन्धा ठुलो पुरिया ५,०० पिस ,तुलसी मसला १९० पिस र बाबा मसाला ९१६०० – ८० पिस र लगभग ४ लाख रुपैयां बराबरको मोटरसाइकलको मोटर्स पार्टहरु बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय पथलैया बुझाइएको प्रहरीले बताएको छ ।