लर्ड्समा नेपाल ९ विकेटले विजयी


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको छ ।
लर्ड्समा वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जुन खेललाई १ विकेट मात्र गुमाएर पुरा गरेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो ।