बाघ दिवस मनाइयो


चितवन ।
‘समृद्धिका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ आज यहाँ बाघ दिवस मनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संयुक्तरुपमा संरक्षण क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्ति र संघसंस्थालाई सम्मान एवं पुरस्कार वितरण गर्दै बाघ दिवस मनाएका हुन् ।

सो अवसरमा बाघको आनीबानी, आक्रमण गर्नसक्ने अवस्था र बाघबाट बच्ने उपायका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो, शिशुवार उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यलगायतले बाघ संरक्षणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा कर्मचारी, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमितिका प्रतिनिधि, नेपाली सेना, मध्यवर्ती समितिका कार्यालय सचिव गरी २३ जनालाई जनही रु १० हजारका दरले पुरस्कृत गरिएको थियो । कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणसहित विभिन्न संघसंस्था र व्यक्ति गरी १५ जनालाई सम्मान गरिएको थियो ।
रासस