क्रिकेट पूर्वक्याप्टेनलाई ५० हजार सहयोग


नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरका पूर्वक्रिकेट टिम क्याप्टेन तथा मकवानपुर क्रिकेट संघ कोषाध्यक्ष निरज श्रेष्ठको उपचारका लागि ५० हजार नगद सहयोग गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आइतबार भएको कार्यक्रममा सुमार्गीले निरजका बाबु दामोदर श्रेष्ठलाई नगद ५० हजार सहयोग गरेका हुन् । मकवानपुर क्रिकेट विकासका लागि निरजले दुई दशकभन्दा धेरै समयदेखि योगदान दिएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी हाल भारतको दिल्लीमा उपचाररत् छन् । उपचार पद्धति महंगो भएपछि श्रेष्ठ परिवारलाई समस्या भएको छ । सोही सन्दर्भमा आफ्ना क्रिकेटसँग गहिरो नाता रहेको र क्रिकेट संघको संस्थापक अध्यक्ष रहेको नाताले सहयोग गरिएको सुमार्गीको भनाइ छ ।

कार्यक्रममा मकवानपुर क्रिकेट संघ कार्यबाहक अध्यक्ष करन महत्राक्षेत्री र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनालगायतको उपस्थिति थियो ।