जिप दुर्घटना हुदाँ ९ जना घाईते


सरिता चलाउने, सल्यान ।
सल्यानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज ३९३४ न को जीप बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १ समाइला नजिकै आइतबार दिउँसो दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।

घाइते हुनेहरुमा जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ४ का ३८ वर्षिय नर बहादुर बोहरा, सोही ठाउँकै वर्ष ३७ को विष्णु बस्नेत, जाजरकोट भेरी न.पा ४ वर्ष ४१ गोपाल नेपाली , वर्ष ६ कि आषा नेपाली , वर्ष ७ का आयुष बि क , वर्ष ४९ का भक्त कार्की, सल्यान बन्गाड कुपिण्डे न .पा २ वर्ष ३६ का देब ब राना, वर्ष ११ तुल्सी राना, र बाके कोहलपुर न.पा वर्ष २५ का चालक खेम बले घाइते भएका छन । घाइते सबैलाई नेपालगन्ज पठाइएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

जीप के कारण दुृर्घटना भएको हो त्यसबारेमा अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चन्द्र कठायतले जानकारी दिए । जीपमा ११ जना सवार रहेका थिए । २ जना सकुशल रहेका थिए ।