दुई पक्षबिच सहमति, हत्याको आसंकामा ६ जना प्रकाउ


हरकसिह धामी, कञ्चनपुर ।
भिमदत्त नगरपालीका वडा नं. २ की निर्मला पन्तको हत्याको बिरोधमा आन्दोलन गरी रहेका आन्दोलनकारी र जिल्ला प्रशासन कार्यालय बिच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार खड्का , प्रहरी निरीक्षक डिल्लीराज विष्ट, ३ नं. क्षेत्रका प्रदेश सभाका सासंद प्रकाश रावल, भिमदत्त नगरपालीकाका नगरप्रमुख सुरेन्द्र विष्ट ,२ वडा का अध्यक्ष डम्मर कार्की र १८ नं. वडाका वडा अध्यक्ष राजेन्द्र पाण्डेय र पिडित पक्ष बाट मृतकका बुबा, आमा, मामा, काकी लगायत अन्यको उपस्तिथीमा बसेकोे बैठकमा ६ः४५ बजे सहमति भएको हो ।
दोषीलाई कारवाई गर्ने, उक्त ठाउँमा प्रहरी चौकी स्थापना गर्ने, सरस्वती माध्यमिक विद्यालयमा मृतकको नाममा स्मृती पार्क निर्माण गर्ने , नेपाल सरकार समक्ष सरकारी नियम अनुसारको क्षतीपुर्तिको लागी सरकार समक्ष पहल गर्ने लगायत सहमति भएको १८ नं. वडा अध्यक्ष राजेन्द्र पाण्डेयले बताएका छन । आज दिन भर दोहरो झडप हुनुका साथै महेन्द्रनगर बजार क्षेत्र र महेन्द्र राजमार्ग पुण रुपमा बन्द गरेका छन ।
हत्याको अनुसनधानका लागी ६ जना उपर अनुसनधान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता ज्ञानबहादुर सेटीले जानकारी गराए । प्रमुख जिल्ला अधिकारी कुमार खड्रकाले यो घटनालाई गम्बीर रुपमा लीएका छै , अब उपरान्त यस किसिमको घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो । मृतकको शवको दाहसंकार भोली गरीने भएको छ ।

शुक्रबार पनि महेन्द्रनगर बजारमा नारा बाजि गदै बजार परीक्रमा गदै हत्या बिरोध भएको थियो । विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब शुत्रबार विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । शुक्रबार प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा परी नेपाल प्रहरीका हल्दार केशवदत्त भट्ट र प्रहरी जवान दानसिंह धामी धाईते समेत भएका थिए । प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी माथि ढुगां प्रहार गर्ने ५ महिला र १ जना पुरुष प्रक्रउ गरेको छ ।
आन्दोलनकारीहरुले बजारमा तोडफोड र आगजनि गर्न थाले पछि प्रहरीले एक दर्जन भन्दा बढी राउड असुर ग्यास फायर गरीएको छ । कञ्चनपुरमा बलात्कार गरी हत्या गर्ने क्रम बढेको देखिन्छ । गत असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालीका की १७ बर्षिय कविता विष्टको पनि बलात्कार गरी हत्या गरीएको थियो ।