कलंकी–नागढुंगाको सडक विस्तारले गतिले नलिए ठेक्का सम्झौता तोडिनेः मन्त्री महासेठ


नेपाल समाचारपत्र, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । यो सडकखण्ड अहिले हिल्लाम्मेका साथसार्थ खाल्डखुल्डी पनि त्यतिकै रहेका छन् ।

शनिबार सडक विभागका अधिकारी र ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिसहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि आवागमन सहज बनाउने दाबी गरेका छन् । ठेकेदारको कामप्रति असन्तुष्टि जनाउँदै उनले जनतालाई राहत हुने काम नगरे कारबाही गर्ने चेतावनी दिँदै एक महिनाभित्र सडक विस्तारले गति नलिए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका छन् भने संगै अनुगमनमा रहेका सैलुङ कम्पनीका प्रतिनिधि नवराज सुवेदीले भने भदौभित्र सडक सुधार असम्भव रहेको बताएका छन् ।

काम शुरु भएको ४ बर्ष वितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको छ । सडकको ठेक्का सम्झौता सैलुङ कन्स्ट्रक्सन कम्पनिले गरेको थियो । सडक खण्डमा पर्ने दुई पुलको टेन्ड समेत भएको छैन । सडक विभागले ठेक्काको म्याद थप गरेको छ । तर, मन्त्री महासेठले यसबारे अनभिज्ञता प्रकट गरेका थिए । यो सडक विभागको जिम्मेवारी भएको उनको भनाई रहेको छ ।