विराटनगरमा मिस्टर विराटनगर र मिस्टर स्टेट प्रतियोगिताको तयारी


सरोज यादव, विराटनगर ।
विराटनगरमा चाडै मिस्टर विराटनगर र मिस्टर स्टेट प्रतियोगिता हुने भएको छ । विराटनगरमा शारिरीक सुगठन प्रशिक्षककालागि आयोजित प्रशिक्षण तालिमको समापनका अवसरमा मोरङ बढी बिल्डींग संघका अध्यक्ष अमलेश कर्णले यस्तो जानकारी दिएका हुन । अध्यक्ष कर्णले बिगत ६ बर्षयता शारीरीक सुगठन प्रतियोगिता गर्न नसकिएको जानकारी दिदै मिस्टर विराटनगर र मिस्टर स्टेट प्रतियोगिताको तयारीमा संघ जुटेको बताए । कार्यक्रममा ७ दिने प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे,राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट र मोरङ बढी बिल्डींग संघका अध्यक्ष अमलेश कर्णले प्रशिक्षणका सहभागिलाई प्रमाणपत्र वितरण गरे । मोरङ बडी बिल्डींग संघ र नेप्लिज फेडरेसन अफ बडी बिल्डींग एण्ड फिटनेशको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षणमा प्रदेश एकका ३३ जना र प्रदेश २ का १ जना समेत गरेर ३४ जना सहभागी भएका थिए । तालिममा सहभागि नयाँ तथा पूराना कोचलाई बडी बिल्डींग एण्ड फिटनेश,स्पोर्टस साइन्स,मेडिसिन र न्युट्रिसन लगायतका बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सामाजिक विकासमन्त्री घिमिरेले स्वस्थ्य जीवनकालागि खेलकुदको जुनसुकै विधामा भएपनि सहभागिता आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले २०७५ साललाई स्वास्थ्य प्रर्बद्धन बर्षको रुपमा लिएको बताउदै सोहि अनुरुपको निति तथा कार्यक्रमहरु ल्याउन लागिएको समेत जानकारी दिए ।