दुर्घटना पीडितलाई क्षतिपूर्ति


नेपाल समाचारपत्र, पाल्पा ।
गत जेठ १८ गते पाल्पाको हुमिनमा भएको बस दुर्घटनामा परि मृत्यु भएका परिवारलाई विमा वापतको क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

कार्यक्रममा विमा कम्पनिले प्रत्येक मृतकका परिवारलाई ५ लाख प्रदान गरेको छ । यसैगरी श्रीनगर यातायात व्यवसायी समितिले गम्भिर घाइतेलाई ५ लाख र सामान्यलाई ३ लाख औषधी उपचार वापत आर्थिक सहयोग प्रदान गरेको छ । सबै मृतकका आफन्त एकै ठाउँ जम्मा हुदा कार्यक्रम स्थलमा उपस्थित सबैजना भाव विह्वल भएका थिए ।

सरकारले यातायात व्यवसायी समितिको खाता रोक्का गरेता पनि सरसापट गरेर घाइतेलाई सहयोग रकममा दिएको समितिका अध्यक्ष डिल बहादुर ढुङगानाले बताउनु भयो । सो बस दुर्घटनामा परि पाल्पाका प्रतिष्ठित उद्योगी व्यवसायी र विभिन्न पेशाकर्मी गरी १४ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।