लफ्याङको युवाको मलेसियामा मृत्यु


रामधन राई, खोटाङ ।
खोटाङ लफ्याङका युवाको मलेसियामा मृत्यु भएको छ । काम गर्ने क्रममा मेसिनमा च्यापिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो ।
पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षिय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले जानकारी दिनुभयो ।

गुल्मी घर भई हाल मलेसियामा सँगै कार्यरत राजु पछाईका अनुसार आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको थियो । २०७३ असोज मा मलेसिया गएका आचार्य मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा कार्यरत थिए । मृतकको शव ल्याउने पहल भइरहेको सूचना केन्द्रले जनाएको छ ।