बर्दिवासको बजेट ८७ करोड


बर्दिवास ।
महोत्तरीस्थित बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ८७ करोड ३९ लाख छ हजारको बजेट सार्वजनिक गरेको छ ।

आज बजेट सार्वजनिकीकरण समारोहमा नगर प्रमुख विदुरकुमार कार्कीले दोस्रो नगरसभाले पारित गरेको सो बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको बजेटमा संङघीय सरकारबाट वित्तीय समानिकरण अन्तर्गत रु १७ करोड चार लाख, राजश्व बाँडफाँडबाट रु २६ करोड एकलाख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमबाट रु २० लाख आय हुने उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण अन्तर्गत रु ३३ लाख ९४ हजार, प्रदेश सरकारबाट रु एक करोड, आन्तरिक राजश्व संकलनबाट रु चार करोड ९८ लाख ६५ हजार र गत आवबाट बाँकी बचत रु १५ करोड ३७ लाख ३२ हजार हुने कार्कीले बताउनुभयो ।

नगर सभाले व्ययतर्फ पूँजीगत खर्च रु ४२ करोड रु ११ लाख छहजार र चालुतर्फ रु १० करोड सातलाख खर्च हुने अनुमान गरेको छ । नगर प्रमुख कार्कीले गतअसार १० गते शुरु भई असार २८ गते सम्पन्न भएको नगरसभाले पारित गरेको बजेट आज सार्वजनिक गर्नुभएको हो ।
रासस