प्रस्तावित प्रधानन्यायाधीश जोशीको अन्तिम फैसला आइतबार


प्रशान्त वली, काठमाडा ।
प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ सन्दर्भमा बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक आइतबार सम्मका लागि सरेको छ । शुक्रबार बोलाइएको बैठक वस्दै नवसी स्थगित भएको समिती सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–‘आइतबार सुनुवाइको टुगों लाग्छ । संसद पनि चलेकाले शुक्रबार सुनुवाइ प्रकृया अघि बढेन ।’ प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप सुनुवाइ गर्ने भन्ने बिषयमा शुक्रबारका लागि बैठक डाकिएको थियो । संसद चलिरहेको कारण देखाउँदै सुनुवाई समितीको बैठक आइतबार बिहान साढे ८ बजेका लागि तय गरिएको छ ।
संसदिय सुनुवाइ समितीको गत विहीबार वसेको वैठकमा कायममुकायम प्रधानन्यायाधीश जोशी माथि उठेका प्रश्नहरु र उजुरीको जबाफ दीनुभएको थियो । सर्वोच्चमा २०७४ चैत १ देखि प्रधानन्यायाधीश पद रिक्त छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेपछि प्रधान न्यायाधीशको नियुक्ती हुने संवैधानिक व्यवस्था छ ।