च्याम्पियन इमरानको राजीनितीमा छलाङ


लन्डन, (एजेन्सी)
कुरो थियो १९७६–७७ को । पाकिस्तानले अस्टे«लियाविरुद्ध तीन टेस्टको सिरिज खेलेको थियो । एडिलेड टेस्ट बराबरी रह्यो भने मेलबर्न टेस्टमा अस्टे«लिया ३ सय ४८ रनले जित्यो । सिड्नीमा भएको तेस्रो टेस्टमा लामो केश भएको र छाती चौडा भएका एक बलरलाई पहिलो पटक विश्व क्रिकेटले देखे ।

यो युवा बलरले इनस्विंग गर्दै पहिलो इनिङमा र दोस्रो इनिङमा ६–६ विकेट हात पारे । उनकै कारण पाकिस्तानले अस्टे«लियामा पहिलो पटक टेस्ट खेलमा जित हासिल गरेको थियो । त्यतिबेला क्रिकेट जगतमा तहल्का मच्चाएका यी क्रिकेटर हुन् इमरान खान । अहिले उनको पार्टी पीटीआईले चुनावमा सबैभन्दा बढी सिट जित्न गइरहेको छ । यस हिसाबले इमरानले राजीनीतिमा २२ वर्षपछि छलाङ मारेका छन् ।

कप्तान इमरानकै सानदार नेतृत्वमा पाकिस्तानले १९९२ विश्वकप क्रिकेटको उपाधि पनि जितेको थियो । यो उनको लागि सबैभन्दा सुनौलो क्षण हो । साथै यसले इमरानलाई क्रिकेट जगतमा सबैभन्दा सफल कप्तानको सूचीमा समेत उभ्यायो । किनभने ३९ वर्षको उमेरमा कप्तानी गरेर विश्वकै सबैभन्दा चम्किलो उपाधि उनले पाकिस्तानलाई दिलाएका थिए । इमरानका पिता कोही ठूला व्यक्तित्वका थिएनन् । उनका पिता इकरामउल्लाह खान एक आर्किटेक्ट थिए । तापनि उनीमाथि क्रिकेटको नशाले बढी वर्चश्व जमाएको थियो ।

इमरानले १९ वर्षको उमेरमा इंग्ल्यान्ड जाने पाकिस्तान टोलीमा स्थान बनाएका थिए । डेब्यु सिरिजमा उनको कुनै कमाल भएन तर उनी अक्सफोर्डमा पढ्न गएका थिए । अक्सफोर्डमा पढ्ने भएकाले घरेलु क्रिकेटबाट उनको नाता तोडियो भने विश्वविद्यालयको टोलीमा उनको प्रदर्शन निखरदै गयो । विश्वविद्यालयको टोलीमा बलरबाट उनले शुरुआत गरे । नम्बर चारबाट ब्याटिङ गर्ने इमरानले दुई दशकसम्म पाकिस्तानी टोली सम्हाले ।
इमरानले १९८२–८३ मा पाकिस्तानको यात्रामा रहेको भारतलाई ३–० ले टेस्ट सिरिजमा हराएको थियो । ६ टेस्टको सिरिजमा इमरानले कूल ४० विकेट लिए र एक सतकसहित २ सय ४७ रन पनि बनाएका थिए । इमरानको कप्तानीमा पाकिस्तानले सन् १९८७ मा भारतमा भएको टेस्ट सिरिजमा भारतलाई नै हराएको थियो । इमरानबाहेक अहिलेसम्म कोही पनि पाकिस्तानी कप्तानले भारतमा त्यस्तो जित हात पार्न सकेको छैन । यस्तै उनले अहिलेसम्म नो बल फ्याँकेका छैनन् ।

१९९२ मा क्रिकेटबाट संन्यास लिएका इमरानले चार वर्षपछि पाकिस्तान तहरीक–ए–इंसाफ पार्टी (पीटीआई) गठन गरेर राजनीतिमा प्रवेश गरे ।
इमरानको करिअर
८८ टेस्ट ३६२ विकेट ३८०७ रन
१७५ वानडे १८२ विकेट ३७०९ रन