निगमको अर्को नयाँ जहाज आयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान भर्ने विमानको संख्या पाँच पुगेको छ । बिहीबार नयाँ वाइडबडी विमान आएसँगै निगमको अन्तर्राष्ट्रिय उडान भर्ने विमानको संख्या पाँच पुगेको हो ।

निगमल एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलजेड कलसाइनको मकालु नामकरण गरिएको विमान ल्याएको हो ।

नयाँ वाइडबडी विमान फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमान ल्याउनको लागि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित नागरिक लगानी कोषको टोली फ्रान्स गएको थियो ।

१८ विजनेस क्लास र २ सय ५६ इकोनमी क्लासको सिटसहित कुल २ सय ७४ सिट क्षमताको वाइड बडी विमानले केही समयपछि निगमको नियमित गन्तव्यमा उडान भर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि नयाँ विमानले उडान भर्ने बताइएको छ ।

नयाँ विमानले साउदी अरबको रियादमा थप उडान भर्ने सम्भावना रहेको छ । निगमले चाँडै जापान र दक्षिण कोरियामा पनि उडान भर्ने तयारी गरेको छ । २०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरसनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब रुपियाँ ऋण लिएको हो ।

दोस्रो वाइडबडी विमानको मँल्य १० करोड ४८ लाख अमेरिकी डलर रहेको छ । विमानले १० घण्टासम्म उडान भर्न सक्नेछ । निगमले दुई वाइड बडी जहाज २०९ दशमलब ६ मिलियन अमेरिकी डलर मँल्यका आधारमा खरिद गरेको हो ।

हाल निगमका ३ विमानले ८ गन्तव्यमा उडान गरिरहका छन् । आठ गन्तव्यहरू दुबई हङकङ, बैंकक, बैंगलोर, दोहा र मलेसिया, दिल्ली, मुम्बईमा उडान भर्दै आएको छ।

निगमसँग यो वाइड बड पछि चारवटा चारवटा ठँला विमान हुनेछन् । निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा विमान रहेका छन् । अन्तर्राष्ट्रिय उडान गर्न ५ वटा विमान भएको छ । आन्तरिक उडानका लागि निगमसँग वाई–१२ चारवटा र एमए ६० दुईवटा र ३ ट्विनटर विमान रहेका छन् ।

निगमले १४ गते ल्याएको पहिलो वाइडबडी विमानले पनि परीक्षण उडान समेत गरिसकेको छ । परीक्षण उडान गरेको जहाजले साउन १६ गतेदेखि व्यवसायी उडान गर्ने निगमको भनाइ छ । पहिलो वाइडबडीको पहिलो उडान भने कतारमा उडान भर्ने योजना निगमको छ ।

आन्तरिक बजारमा नेपाल वायु सेवा निगमको बजार हिस्सा बढाउने लक्ष्यका साथ निगमले आगामी आर्थिक वर्षभित्र १० नयाँ विमान खरिद गर्न प्रक्रियाँसमेत अगाडि बढाएको छ ।
हाल ९ विमानबाट अन्तरिक उडान गर्दै आएको निगमले अन्तरिक बजारमा ३ प्रतिशत मात्र हिस्ता रहेकाले बजार विस्तारको लागि आन्तरिकमा ८ र अन्तर्राष्ट्रिय उडानमा २ विमान थप गर्ने योजना अनुरुप गृहकार्य गरिरहेको छ ।

निगमसँग भएको ३ वटा पुराना चार दशक टुवीनटर विमानलाई आगामी २ वर्षभित्र विस्थापित गरी आन्तरिक उडानमा ६ नयाँ साना विमान, २ एटीआर ७२ र २ नयाँ न्यारो बडी विमान खरिद गर्ने तयारी निगमको रहेको छ ।

योसँगै निगमसँग अन्तर्राष्ट्रिय उडानमा ७ र आन्तरिक उडानमा १४ विमान (सानो १०) हुने छ । हाल निगमसँग ३ टुवीनअटर ४ वाई १२ विमान, २ एमए –६० र तीन न्यारोवडी र २ वाइडवडी रहेको छन् ।