नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकार र डा. गोविन्द केसी बीच २२ बुँदे सहमति भएको छ । बालुवाटारमा भएको बैठकमा दुवै पक्षबीच सहमति भएपछि हस्ताक्षरका लागि सरकारी वार्ता टोली शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा पुगेका छन् । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । डा.केसीको केदारभक्त माथेमा र सुवासचन्द्र नेमाङले जुस खुवाएर अनसन तोडेका छन् । चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट पछि हटेपछि डा. केसी अनसन बसेका थिए । सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।
प्रतिक्रिया