युरोपेली संघमार्फत नेपाललाई सहयोग


काठमाडौँ ।
बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ ।

विपक्षीय तथा युरोपेली संघमार्फत नेपाललाई त्यस्तो सहयोग उपलब्ध गराउने जनाएको छ ।

बेल्जियमको भ्रमणमा रहनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज ब्रसेल्समा भएको द्विपक्षीय भेटमा त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडिएर रेन्डेर्सले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई देशका विदेशमन्त्रीबीच भएको भेटमा लगानी तथा व्यापार, पर्यटन प्रवद्र्धन र जनस्तर बीचको सम्पर्क विस्तारमा जोड दिइएको थियो । उहाँहरुले नेपाल, बेल्जियम–परामर्श संयन्त्र स्थपना भएकामा प्रशन्नता व्यक्त गर्दै त्यसलाई थप प्रभावकारी माध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा मन्त्री ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रका रुपमा सहयोग गर्दै आएकामा आभार व्यक्त गर्दै नेपाल सरकारले निर्धारण गरेको आर्थिक विकासका प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।
रासस