चन्दा नदिएपछि कांग्रेस सांसद शाहले फसाउन खोजेः व्यवसायी शिलाकार


भक्तपुर ।
नेकपा निकट व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । प्रदेशसभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख)मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका शिलाकारले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेसका निर्वाचिा सांसदले चन्दा नदिएपछि आफुलाई फसाउन खोजको बताए ।
विहिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै शिलाकारले भने २०७४ साल माघमा सांसद शाहले मसंग २० लाख रुपैँया चन्दा सहयोग माग्नु भएको थियो, मैले उक्त रकम दिन सक्दिन भने ।त्यसपछि पून साउन १ गते उहाँले आफैं फोन गरेर फेरी ५ लाख चन्दा सहयोग माग्नु भयो । मैले उहाँले मागेको रकम चन्दा नदिएपछि उहाँको निर्देशनमा मलाई नियोजित रुपमा फसाँउन लाग्नु भएको छ, शिलाकारले पत्रकारहरुसंग भने ।
साउन ६ गते आइतबार राती ९ कपिलवस्तु जिल्लाको रहेको उनको नेपाल इन्डो इन्ड्रट्रिज प्रा.लिद्धारा संचालित प्लाईउड उद्योगमा जबरजस्ती सांसद शाह निकट व्यक्तिभित्र फसेको उनको आरोप रहेको छ । भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एचए ००२३ नम्बरको गाडीमा भएका व्यक्तिहरुले लु १ त ३५५३ नम्बरको ट्राक्टरमा युरिया मल ल्याएर उद्योगमा झारेको र फोटो खिचेर मल तस्कर गरेको भन्दै हल्ला गरेको उनको भनाई छ ।
सांसद शाहको चन्दा आंतकबाट विगतदेखिनै त्यसक्षेत्रका व्यवसायीहरु पीडित हुदैं आएको समेत शिलाकारले आरोप लगाए । उनले भने ‘केही संचार माध्यमा कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवको समेत मिलोमतो भनेर प्रहरी र आफु बदनाम गराउने प्रयास भएको छ ।’ प्रहरीले आफ्नो उद्योगभित्र जवरजस्ती प्रवेश गर्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणी त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेको समेत उनले जानकारी दिए ।