छाडा चौपाया ब्यवस्थापन गर्न गौशला निर्माण


हरकसिह धामी, कञ्चनपुर ।
जिल्लामा छाडा गाइबस्तुका समस्या भैरहेको अबस्थामा भीमदत्त नगरपालिकाले गौशला निर्माण गरेर यसको ब्यवस्थापन शेुरु गरेको छ । भीमदत्त नगरपालिका वडा नं.९ ब्रहम्देबमा गौशला निर्माण गरेर छाडा चौपायाहरुको व्यवस्थापन शुरु गरेको छ । गौशला निर्माणका लागि सिद्धनाथ सामुदायिक वनले १२ बिगाहा जमिन उपलब्ध गराएको थियो । गौशलाको व्यवस्थापनको जिम्मा जगदगुरु बालशन्त मोहन शरण देबाचार्यलाई दिइएको छ । पहिलो चरणमा २६ लाखको लागतमा ५ दर्जन भन्दा बढी गाइबस्तु व्यवसथापन गर्ने गरी गौशाला निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले छाडा चौपाया ठुलो समस्याको रुपमा रहेको भन्दै यसको व्यवस्थापनको प्रारम्भिक चरणको रुपमा ब्रहम्देबबाट यसको व्यवस्थापन थालिएको बताउनुभएको छ ।

गौशालामा गाई पालन संग संगै दुध संकलन मल बनाउने लगायतका बहुउपयोगी कार्यक्रम पनि अगामी दिनमा अगाडी सार्ने उहाको भनाइ रहेको छ । जगदगुरु बालसन्त मोहनशरण देबाचार्यले गाईमाता जस्तो हिन्दुहरुको पवित्र गाईमाताको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभएको छ । गौसला निर्माण नहुदासम्म अन्न छोडनुभएका जगतगुरुले ९ महिना पछि आजैका दिनबाट अन्न खान शुरु गर्नुभएको छ । सामुदायिक वनका अध्यक्ष मोती महताले गौशाला निर्माणले छाडा चौपायाले गर्ने सडक दुर्घटना र बालीनालीको नोक्सानको अन्त्य हुने भन्दै अन्य बहुआयामीक उपयोगले कृषकहरुलाई फाइदा हुने बताउनुभएको छ । नगरपालिकाले क्रमिक रुपमा अरु क्षेत्रमा समेत गौशला निर्माण गरेर छाडा गाइबस्तुको ब्यस्थापन गर्ने जनाएको छ । बागफाटामा अर्को गौशला निर्माण भएको छ ।

 

छाडा गाईबस्तु व्यवथापनका लागी भिमदत्त नगरपालीका वडा १८ का हरीसिंह रावलले आप्नो आमाको सम्झनामा एक गाई पाल्ने जिम्मा लिएर मासिक २ हजारको दरले २४ हजार रुपया गौशलाको नाममा दान गर्नुका साथै २ बिघामा लगाएको घास पनि ३ महिनाको लागी गौशलालाई दिएका छन । त्यसैगरी काठमाण्डौकी कृष्ण दासि वाग्यलेले पनि मासिक २ हजारका दरले गौशलालाई दिने घोषणा गर्नु भएको छ । भिमदत्त नगरपालीका ८ की गिता धानुकले एक हजार ,९ की गौमती नाथले पाचँ सय सहयोग गरेका छन । ढिलै भएपनि छाडा गाईबस्तुको व्यवस्थापन हुन थालेकोमा स्थानिय बासिन्दाहरु यो समस्यााबाट छुटकरा पाउँनेमा आशावादि रहेका छन । कञ्चनपुरमा जिल्ला भरी नै छाडा चौपायाको समस्या रही आएको छ । भीमदत्त नगरपालिकामा मात्र ४ हजार छाडा चौपाया रहेका छन् ।