लक्ष्य भन्दा बढी राजस्व संकलन


हरकसिंह धामी, कञ्चनपुर ।
आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरले आर्थिक बर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७४÷७५मा १ अर्ब १९ करोड ३१ लाख ५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी १ अर्ब ४७ करोड ७७ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।


बिभिन्न शिर्षक अन्र्तगत आय कर बाफत ५६ करोड ९५ लाख ७७ हजार, घर बहाल कर बाफत ४ करोड ४९ लाख ५९ हजार, मदिरा बाफत ३९ करोड ८६ लाख ३८ हजार, ब्याज बाफत २ करोड २८ लाख ३४ हजार, मुल्य अभिवृदि कर बाफत ४३ करोड ४६ लाख ५७ हजार, स्वास्थ्य बाफत ८ लाख २५ हजार र शिक्षा बाफत ६२ लाख ६२ हजार राजस्व संकलन गरेको आन्तरीक कार्यालयका सुचना अधिकारी सुशिल कुमार महतराले बताउनुभयो ।

प्रभावकारी रुपमा बजार अनुगमन, करदाता शिक्षामा जोड र कार नतिर्ने करदातालाई कानुनी कारवाही गरेर लक्ष्य भन्दा राज्स्व संकलन गर्न सफल भएको उहाँले बताउनुभयो । करको विवरण नभर्ने ८८ जना, आय कर नतिर्ने २२ जना र मुल्य अभिवृदि कर नतिर्ने ५५ जनालाई करको बारेमा सम्झाई बुझई गरेर समयमा नै कार तिर्न लगाईएको कर कार्यालयले जनाएको छ । आन्तरीक राजस्व कार्यालय महेन्द्रनगर अन्र्तगत महाकाली अञ्चलका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला रहेका छन । महाकाली अञ्चलमा एक मात्र आन्तरीक राजस्व कार्यालय भएकोले पहाडी जिल्लाका कर दाताले २५०० बराबरको कर तिर्नका लागी १० हजार खर्च गर्नु परेको भन्दै यो समस्या समाधान गर्नका लागी यसै महिना भित्र डडेलधुरामा करदाता सेवा कार्यालय स्थापना गर्ने योजना रहेको कर कार्यालयले जनाएको छ ।

३ हजार ३ सय ५१ जना म्दिरा जन्य, २४ हजार ४ सय ६जना आय कर , २ हजार ७ सय ६ जना मुल्य अभिवृदि तिर्न र अन्य गरी जम्मा ३० हजार ७ सय ८१ जना कर दाता रहेका छन् । मदिरा जन्य करदाताबाट आन्तरीक राजस्व कार्यालय र स्थानिय सरकारले कर लिने गरेको कारण दोहरो करको मारमा परेको गुनासो आउने गरेको छ, दोहरो करको समस्या समाधान गर्नको लागी विभाग र सामान्य प्रशासन मन्त्रालय विच छलफल भईरहेको आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।