किसानलाई हाते ट्याक्टर वितरण



अमृत अर्याल, स्याङ्जा ।
भीरकोट नगरपालिकाले नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । प्राविधिक प्रविधिबाट खेती गर्न सजिलो हुने भएपछि पछिल्लो समय हाते ट्याक्टरको माग बढ्न थालेको छ । पहाडी भुभागमा पनि लैजान सजिलो हुने भएपछि हाते ट्याक्टर प्रति किसानको माग बढेको हो । सरकारले किसानलाई व्यवसायीक खेती गर्न प्राविधिक उपकरण उपलव्ध गराउने रणनीति अख्तियार गरेपछि किसानहरु पनि उत्साही देखिएका छन् ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा १४ व्यवसायी कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । भीरकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले हाते ट्याक्टर वितरण गरेको नगर प्रमुख छाँयाराम खनालले बताउनुभयो । अब कृर्षि क्रान्तिको शुरुवात गर्नुपर्छ ट्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खनालले भन्नु भयोे,“जनशक्तिको अभाव,पुरानो परम्परा हराउदै जानुले अव आधुनिक परम्परा अगाल्नुपर्छ ।” समयको वचत र लगानीमा बृद्धि देखिने भएकाले ट्याक्टर अनुदानमा दिएका हौ नगर प्रमुख खनालले भन्नुभयो । हाते ट्याक्टर हरेक कामममा उपयोगी उपकरण पनि हो, नगर प्रमुख खनालले भन्नु भयोे, यसको सहि सदुपयोग किसान दाजुभाईले गर्नुहोला । पहिलो पटक १४ जना किसानलाई वितरण गरिएको हाते ट्याक्टर किसानको माग बढेमा अरु पनि सहयोग हुने खनालले बताउनु भयो ।
हाते ट्याक्टर पाएका किसान चन्द्रमान खाँणले नगरपालिकाले थालेको यो अभियानले किसानलाई हौसला प्रदान गरेको बताउनुभयो । उपकरण सगै उत्पादनशिल कृषि उपजलाई बजारीकरणको व्यवस्था मिलाईदिन नागरपालिकालाई अनुरोध गर्नुभयो । बजार नपाएकै कारण अधिकांश किसानमा उत्साह नभएको खाँणले सुनाउनु भयो । ट्याक्टर वितरण कार्यक्रममा नगर उपप्रमुख सिमा केसी कर्मचार्य, नगर प्रवक्ता दिपेन्द्र केसी र नन्दप्रसाद खनालले सामाग्रीको सदुपयोग गरी लाभ उठाउन आग्रह गर्नुभएको थियो । किसानलाई १० वटा डिजलवाट चल्ने र ४ वटा पेट्रोल वाट चल्ने गरी १४ वटा ट्याक्टर वितरण गरीएको थियो । नगरपालीकाको ५० प्रतिशत अनुदान र किसानले प्रति ट्याक्टरको ५० प्रतिशत व्यहोर्ने गरी वितरण गरिएको नगरपालिकाले जनाएको छ । डिजल वाट चल्ने हाते ट्याक्टरलाई २९ हजार र पेट्रोल वाट चल्ने हाते ट्याकटरलाई २४ हजारमा कृषकले खरीद गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्