सेरेनासँग भेदभाव व्यवहार भएको खुलासा


लन्डन, (एजेन्सी)
सेरेना विलियम्सले डोपिङ परीक्षणमा सबैभन्दा बढी भेदभावपूर्ण व्यवहारको सामना गर्नु परेको बताएकी छन् ।

२३ पटक ग्रान्ड स्लाम जितेकी अमेरिकी खेलाडीले मंगलबार ट्वीटमा डोपिङ परीक्षणबारे बताएकी हुन् । यसै महिनाको (जुलाई) शुरुआतमा पनि उनलाई यस्तै व्यवहार गरेकोले निरास भएको सेरेनाले बताइन् । ३६ वर्षीया सेरेनाले भनिन्—सबै खेलाडी भन्दा मैले धेरै भेदभावपूर्ण व्यवहार सहनु परेको छ । यो मेरो सोचाई हो ।

वेबसाइटमा जुनमा प्रकाशित भएको लेखमा सेरेनाले युएस एन्टी डोपिङ एजेन्सी (युसाडा) मा करिब ५ पटक डोपिङ परीक्षण गरेकी उल्लेख थियो । युसाडाका अधिकारी जुन १४ मा उनको घरमै गएका थिए । शीर्ष महिला वा पुरुष खेलाडी र युएस ओपन च्याम्पियन स्लोन स्टेफेन्स एक पटक डोपिङ परीक्षण गर्दा त्यो भन्दा बढी सेरेनाले परीक्षण गराउनु परेको थियो । यस्तै उनकी दिदी भेनसले दुई पटक डोपिङ परीक्षण गराएकी डेडस्पीन लेखमा उल्लेख थियो ।

हालै सम्पन्न विम्बल्डन फाइनलमा जर्मन खेलाडी एन्जेलिक केर्बरसँग पराजित भएकी सेरेनाले बताइन्—मैले कहिल्यै थाहा भएन कि अरुले भन्दा मैले बढी परीक्षण दिएको थिए । जब सो लेख पढे तब मैले थाहा भए कि मसँग अरु खेलाडीको भन्दा बढी नै भेदभाव व्यबहार भएको पाएँ ।