दिपेश र र जीवन क्वार्टरफाइनलमा


विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधबार भएको खेलमा दिपेशले जेष्ठ ब्इाडमिन्टनका सुनिल जोशीलाई २१–१५, १८–२१, २१–१० को सेटमा हराए । जीवनले नेपालका बैकुण्ठ श्रेष्ठलाई २१–११, २१–१६ ले पछि पारे ।

सोही स्प्र्धाको अन्य खेलमा भारतका सुभ देले नेपाल पुलिसका दिपक बोहोरालाई २१–१३, २१–१९, बंगलादेशका महमद सलाम खानले एपीएफका विजित थापामगरलाई २१–११, २१–१३ र आर्मीका प्रफुल मर्हजनले एपीएफका निरञ्जन देवकोटालाई २१–६, २१–१३ ले हराउँदै क्वर्टरफाइनलमा स्थान बनाए ।

अर्को खेलमा आर्मीका रुकेश मर्हजनले भारतका शेख महमद रोविनलाई २१–१७, २१–१७, पुलिसका विष्णु कटुवालले आर्मीका प्रविन लिङथेपलाई २२–२०, २१–१६, २१–८ ले हराउँदै क्वार्टरफाइनलमा पुगे । अर्को खेलमा नेपालका प्रिन्स दाहालले वाकओभर पाउँदै अघिल्लो स्थान सुरक्षित गरे ।

नङ्शल र सम्झना क्वार्टरफाइनलमा
यसैगरी महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नङ्शलले जेष्ठ ब्याडमिन्टनकी मनिषा खड्कालाई २१–७, २१–३ ले हराईन् । शम्झनाले प्रदेश ४ की प्रजिता गुरुङलाई २१–७, २१–१२ ले हराईन् ।

अर्को खेलमा एपीएफकी शोभा गौचनले प्रदेश १ की निता लम्साललाई २१–१७, २३–२१, आर्मीकी रसिला मर्हजनले प्रदेश ५ की समिक्षा न्यौपानेलाई २१–५, २१–७, आर्मीकी अनु राईले प्रदेश ५ की शुस्मा शर्मालाई २१–९, २१–८, भोजपुरकी सिता राईले प्रदेश ६ की पुष्पा शाहीलाई २१–१०, २१–४, आर्मीकी अमिता गिरीले प्रदेश ४ की आकृति केसीलाई २१–३, २१–६ को सोझो सेटमा पछि पार्दै क्वार्टरफाइनलमा पुगिन् । अर्को खेलमा पाकिस्तानकी सहाजेद माहोरले प्रदेश १ की सिमा राजवंशीसँग वाक ओभर पाईन् ।