उत्कृष्ट प्रशिक्षकको छोटो सूची जारी


लन्डन, (एजेन्सी)
फिफाले उत्कृष्ट पुरुष प्रशिक्षक अवार्डका लागि मनोनयनमा परेका ११ जना प्रशिक्षकको सूची सार्वजनिक गरेको छ ।

सेप्टेम्बर २४ मा लण्डनमा हुने एक समारोहमा उत्कृष्ट प्रशिक्षकलाई दिइने पुरस्कार लागि सार्वजनिक उक्त सूचीमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मान्र्टिनेज, फ्रान्सलाई दोस्रो पटक फिफा विश्वकप उपाधि दिलाएका डिडिएर डेस्च्याम्पस समेत समावेश छन् ।

यस्तै फिफा विश्वकप उपबिजेता क्रोएसियाली प्रशिक्षक ज्लाट्को डेलिच र रियल मेड्रिडलाई यूएफा च्याम्पियन्स लिगको उपाधि दिलाउने फ्रेन्च लिजेन्ड जिनेदिन जिदान पनि सूचीमा रहेको छ । यस्तै उक्त सूचीमा इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटको नाम पनि समावेश छ । ४७ बर्षीय साउथगेटले सन् १९९० पछि इंग्ल्याण्डलाई पहिलो पटक सेमिफाइनलसम्म पु¥याएका थिए ।

मनोनयनमा परेका प्रशिक्षकहरु
१. मासिमिलिनो एलेग्री (युभेन्ट्स)
२. स्टानिस्लाभ चर्चेभ (रुस)
३. ज्लाट्को डेलिच (क्रोएसिया)
४. डिडिएर डेसच्याप्मस (फ्रान्स)
५. पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी)
६. जोर्गेन क्लोप (लिभरपुल)
७. रोबर्टो मान्र्टिनेज (बेल्जियम)
८. डिएगो सिमोन (एथ्लेटिको मेड्रिड)
९. ग्यारेथ साउथगेट (इंग्ल्याण्ड)
१०. अर्जेस्टो भालभर्डे (बार्सिलोना)
१२. जिनेदिन जिदान (रियल मेड्रिड)