रोनाल्डोको १३६ मिलियन फ्लोअर


लन्डन, (एजेन्सी)
हालै रियल मेड्रिडबाट युभेन्ट्समा आबद्ध भएका पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका इन्स्टाग्राममा सबैभन्दा बढी फ्लोअर्स रहेका छन् ।

इन्स्टाग्राम स्पोर्ट रिच लिस्टको शीर्ष स्थानमा रहेका रोनाल्डाले लियोनल मेसी र नेयमारलाई पछाडि पारेका छन् । सन् २०१८ को सूचीमा रोनाल्डोले नेयमार र मेसीलाई उछिनेको बेलायती अनलाईन डेली मेलले उल्लेख गरेको छ ।

इन्स्टाग्राममा रोनाल्डोको १ सय ३६ मिलियन फलोअर रहेका छन् । उनले इन्स्टाग्राम पोस्टबाट सर्वाधिक ७ लाख ५० हजार अमेरिकी डलर आर्जन गर्ने गर्छन् ।

रोनाल्डोले आफ्नो जीवनशैली र सफल फुटबल जीवनको बारेमा निरन्तर रुपमा फोटो पोस्ट गर्दै आएका छन् । यसमा ब्यापारिक कम्पनीहरुले आफ्नो प्रमोसनका लागि कसरी उनको अकाउन्टलाई प्रयोग गर्न सक्छन् भन्ने कुरालाई समेत हेरिएको छ । उक्त रिपोर्टका अनुसार त्यस्ता सेलिब्रेटीहरुको प्रति पोष्ट ब्रान्डहरुले ५ लाख ७० हजार पाउण्डसम्म भुक्तानी गर्ने गरेको जनाइएको छ ।

रोनाल्डो हालै १ सय मिलियन पाउण्डमा रियलबाट युभेन्ट्स पुगेका हुन् । इन्स्टाग्राममा हुने प्रायोजकको आधारमा रोनाल्डोले मेसी र नेयमारलाई पछि पारेका हुन् । होपरएचक्यू डट कमले इन्स्टाग्रामले रेडुलिङ टुलका आधारमा गरेको विश्लेषणले उक्त तथ्य बाहिर आएको हो । सामाजिक सञ्जालमार्फत् प्रभाव पार्न सक्ने र प्रायोजकद्वारा सबैभन्दा धेरै खर्चिने फुटबल खेलाडी सूचीमा रोनाल्डोले शीर्ष स्थान ओगटेको हो ।

उक्त सूचि तयार पार्दा सेलिब्रेटीहरु औसतमा कति समय इन्स्टाग्राममा बिताउँछन्, कसरी पोस्ट गर्छन् र कति फलोअर छन् भन्ने कुरालाई मुख्य आधार मानिएको थियो ।

रोनाल्डोसंगै उक्त सूचीको उत्कृष्ट पाँच जनामा नेयमार, मेसी, डेभिड वेकह्याम र ग्यारेथ वेल रहेका छन् । नेयमार र मेसीको प्रतिपोस्टका लागि कम्पनीहरुले क्रमशः ४ लाख ५७ हजार र ३ लाख १ हजार पाउण्ड भुक्तानी गर्ने गरेका छन् । त्यस्तै बेकह्यामको प्रतिपोस्ट २ लाख २ हजार पाउण्ड र बेलका लागि १ लाख ४१ हजार पाउण्ड दिने गरेको उक्त अध्ययनमा उल्लेख छ ।

शीर्ष ५ खेलाडी
क्रिस्टियानो रोनाल्डो
इन्स्टाग्राम फ्लोअर्स — १३६ मिलियन
एक पोस्टको मूल्य—७ लाख ५० हजार अमेरिकी डलर

नेयमार
इन्स्टाग्राम फ्लोअर्स—१०० मिलियन
एक पोस्टको मूल्य—६ लाख अमेरिकी डलर
लियोनेल मेसी—९७.२ मिलियन
एक पोस्टको मूल्य—५ लाख अमेरिकी डलर

डेविड बेकह्याम
इन्स्टाग्राम फ्लोअर्स—४९.७ मिलियन
एक पोस्टको मूल्य—३ लाख अमेरिकी डलर

गेरेथ बेल
इन्स्टाग्राम फ्लोअर्स—३५.४ मिलियन
एक पोस्टको मूल्य—१ लाख ८५ हजार अमेरिकी डलर