वीरगन्ज महानगरपालिकाले जनताको ढाड सक्ने गरी कर बढाइयो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज,
वीरगन्ज महानगरपालिकाले हदैसम्म कर बढाएर सेवाग्राहीहरूसंग रकम असुल्न थालेको छ ।
आर्थिक ऐनसंग सम्बन्धित अस्थायी हाट बजार वा घुम्ती व्यवसायमा पटके करका रुपमा लिने कर ३१ गुणा भन्दा बढी बढाएर सेवाग्राहीसंग रकम असुल्न थालेको हो ।

अस्थायी हाट बजार वा घुम्ती पसल तथा मालसामान व्यवसाय कर उठाउन ठेक्का पाएको पृथ्वीतारा कन्स्ट्रक्सन प्रालिले गएको साउन ४ गते कुखुरा लोड भएको ना. ४ च ५२४५ नम्बरको गाडी नगर प्रवेश गर्दा साविकमा लिंदै आएको ४ सय रुपैयाँ शुल्क बढाएर साउन ६ गते सोही गाडीसँग लिएको १२ हजार ५०० करले वीरगन्ज महानगरपालिकाको करको दायरा कति बढाएको छ । इनिसिएटिभ ट्रेडर्सको सो कुखुरा लोड गरिएको सवारीलाई पृथ्वी तारा कन्स्ट्रक्सनका कर्मचारीले वीरगन्जकै सुख्खा बन्दरगाहानजिक साढे ३ घण्टा रोकेर साढे १२ हजार लिएरै छाडेको व्यवसायी रामजी प्रसाद कुर्मीले बताउनुभयो ।

दुईदिन अघिको ४ सय रुपैयाँ लिएको रसिद हेराउँदा पनि उनीहरूले वीरगन्ज महानगरपालिकाले आफँहरूलाई नयाँ आर्थिक वर्षबाट उठाउने करको लिष्ट उपलब्ध गराएकोले सो भन्दा कम लिन नमिल्ने भनी उनीहरूले कम शुल्क लिन नमानेको उहाँ भनाइ छ। यस्तो अचाक्ली कर मुलुकका अरू कुनै स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि नबढाएको कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष मुनाप्रसाद चौरसियाले बताउनुभयो ।

व्यापारिक पृष्ठभँमिका नगरप्रमुख र अधिक पढाइको फँर्ति झारी टाइसुटमा सजिने डा. भिष्मकुमार भुषालले सर्वसाधारणलाई कडा गरे जस्तो गरी अप्रत्यक्ष रुपमा रकम पच गर्ने रणनीति बनाएको उनीहरूको आरोप छ ।

नगरप्रमुखका पनि स्वकीय सचिव तथा वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले भने व्यवसायीले लगाएको आरोप सत्य नभएको दावी गर्नुभयो । सो शुल्कको दररेट त वीरगन्ज महानगरपालिकाले बढाएको करको नमँना मात्र हो। घरजग्गाको करदेखि लिएर नगर क्षेत्रभित्र व्यवसाय गर्ने अधिकांश क्षेत्रमा सेवाग्राहीहरूको करको रकम हदैसम्म बढेको महानगरपालिकाका कर्मचारीहरू बताउँछन् ।

महानगरपालिकाद्वारा आब २०७५ र ०७६ को लागि लागु गरिएको कर, शुल्क, दस्तुरको दर सम्पतिको मँल्यांकनमा पुर्नविचार गर्न संघले महानगरलाई अपिल गरिएको वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले बताउनुभयो ।

उपप्रमुख र वडाध्यक्षहरूलाई समेत थाहा नहुने गरी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भुषाल मात्र सल्लाह गरेर बढाइएको अस्थायी हाट बजार वा घुम्ती व्यवसाय पसल करअन्तर्गत सुख्खा तरकारी, प्याज, आलु, भुँइमा बेच्नेले प्रतिदिन १५ रुपैयाँ बुझाउनु पर्ने, टोकरीमा तरकारी तथा फलफँल बेच्नेले प्रति दिन १० रुपैयाँ बुझाउनु पर्ने, खसीको मासु पसलले ५० रुपैयाँ, बंगुरको मासु पसलले ४०, राँगा भैंसी ओसार पसारमा १००, पाडापाडी ७५, अन्य चौपाया ५० र हाँस, कुखुरा आदिमा प्रतिगोटा २५ लिने भनी दररेट कायम भएको छ ।