मर्चेन्ट बैंकका लागि थप अनुमतिपत्र नदिईने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाल धितोपत्र बोर्डले धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमतिपत्रको लागि नयाँ आवेदन दर्ता गर्र्नेेे कार्य स्थगन गरेको छ ।

पुँजी बजारको विद्यमान अवस्था तथा आकार, मर्चेन्ट बैंकरहरु र निष्काशन, बिक्री प्रवन्धक र शेयर रजिष्ट्रारले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम र व्यवसायको क्षेत्रमा रहेको उच्च प्रतिस्पर्धा समेतलाई ध्यानमा राखी सो निर्णय गरिएको हो ।

हाललाई थप निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रार आवश्यकता नरहेको नरहेको भन्दै दर्ता स्थगन गरिएको बोर्डले जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमतिपत्रको लागि नयाँ आवेदन दर्ता गर्र्नेेे अर्को व्यवस्था नभए सम्मको लागि स्थगन गरेको जनाएको हो ।

तर अन्य मर्चेन्ट बैकिङ्ग व्यवसायबाट धितोपत्र प्रत्याभँति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवाको आवश्यकता अझै रहेकाले हाल बोर्डको प्रक्रियामा प्रवेश गरिसकेका आवेदनहरुलाई कानुनी प्रक्रिया अनुसार दर्ता कार्य अगाडि बढाईने विज्ञप्तीमा उल्लेख छ ।

हाल बोर्डवाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा बिक्री प्रवन्धक र शेयर रजिष्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय संचालनको लागि पर्याप्त रहेको बोर्डले जनाएको छ । बजारको अवस्था र आवश्यकता भन्दा निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको संख्या वढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने भन्दै नयाँ अनुमतिपत्र जारी गर्ने कार्य रोकिएको हो ।

धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागु भएपछि लामो लाईन लाग्ने स्थितिको अन्त्य भएको छ भने आवेदन प्रशोधन कार्य पनि सहज हुँदै गएको छ । यसरी हाल धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको भँमिका न्यँनीकरण भएको एवं डिम्याट शेयरको मात्र कारोबार हुने व्यवस्थाबाट शेयर रजिष्ट्रारको कार्य समेत केही कम हुन गएको छ ।

पछिल्लो समय प्रोत्साहनमँलक कार्यक्रमअन्र्तगत केही उत्पादनशील कम्पनीहरु सार्वजनिक निष्काशन गर्ने क्रममा रहेपनि नेपाल राष्ट्र बैंक तथा बीमा समितिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अनुमति प्रदान गर्ने कार्य क्रमशः स्थगन गरिरहेका छन् भने नयाँ बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको सार्वजनिक निष्काशन कार्य घट्दै गएको छ ।

धितोपत्र बजारको विकास सँगै धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरको संख्या बढ्दै गईरहेको छ । धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) नियमावली, २०६४ लागँ भए पश्चात् हाल २५ मर्चेन्ट बैंकरले उक्त व्यवसाय गर्ने अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट हालसम्ममा निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभँति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवालगायत सम्पँर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्नका लागि ६ वटा संस्थाले अनुमति पाएका छन् ।

त्यसैगरी संस्थागत परामर्श सेवा बाहेक ४ वटा व्यवसाय गर्ने १० वटा संस्था, निष्काशन तथा बिक्री प्रवन्ध, धितोपत्र प्रत्याभँति र शेयर रजिष्ट्रेशनको मात्र व्यवसाय गर्ने एउटा संस्था, शेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने एउटा संस्था र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने ७ वटा संस्था दर्ता भएका छन् ।

त्यस्तै ७ वटा कम्पनीहरु हाल अनुमतिपत्र प्राप्तिका लागि बोर्डको प्रक्रियामा रहेका छन् । जसमध्ये सम्पँर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न ५, संस्थागत परामर्श सेवाबाहेक ४ वटा, मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न एउटा तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न एउटा कम्पनीले प्रस्ताव गरेका छन् ।

 

बोर्डले गतवर्ष नियमावलीमा संशोधन गरी मर्चेन्ट बैंकरहरुले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पँँजी बजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा चुक्ता पँँजीमा चार गुणा सम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।