शुक्रवार शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै


काठमाडौं ।
शुक्रवार यस शताब्दिकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । शुक्रवार राती २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण शनिवार विहान ४ बजेर ४ मिनेटमा समापन हुनेछ ।
नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने खलोगविद् जयन्त आचार्यले जानकारी दिनुभयो । ‘राती १ बजेर १५ मिनेटमा चन्द्रमा प’रै छेकिने छ, ३ बजेपछि विस्तारै चन्द्रमालाई छोड्दै जान्छ, उहाँले नेपाल समाचारपत्रसँग भन्न’भयो, शुक्रवारको ग्रहण यो शताब्दीकै लामो हो ।’
चन्द्रग्रहण नेपालसहित भारत, चीन मंगोलिया, अफ्रिकाका केहि पूर्वी मुलुकहरु, यूरोप, रसिया, सहित क्यानडा र अलास्काबाट पनि देख्न सकिने बताइएको छ ।
यो ग्रहणलाई जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सक्ने भए पनि सबै राशीका लागि शुभ नहुने विज्ञह रुबताउँछन् । मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरुलाई भोलीको ग्रहण श’भ भए पनि अन्य राशीका लागि शुभ नहुने उनीहरुको तर्क छ ।