नेपाल दोस्रो खेलमा पराजित


काठमाडौं, (नेस)
युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पहिलो खेलको नतिजा दोहो¥याउन सकेन । सोमबार राति खेलेको सेन्ट क्रससँगको टी २० खेलमा नेपाल १९ रनले पराजित भयो । शनिबार पहिलो अभ्यास खेलमा नेपालले ह्याम्पसायर हग्स क्रिकेट क्लबमाथि ठूलो जित (२४३ रनको) निकालेको थियो । जसमा कप्तान पारस खड्काले १ सय ६१ रन समेत प्रहार गरे । तर पारस सेन्ट क्रसविरुद्ध खेलेनन् ।

नेपालले सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ४९ रनमा समेटिएको थियो । टोलीका लागि अनिल कुमार साहले सर्वाधिक ५६ रन जोडे भने आरिफ शेखले ३४ रन बनाएका थिए । बलिङमा घरेलु टोलीका बलर फेलिक्स अर्गनले तीन विकेट लिएका थिए । यसअघि सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । टोलीका लागि जेमी एडाम्सले सर्वाधिक ७२ रनको योगदान दिए । नेपाली बलरमा वसन्तर रेग्मी र सोमपाल कामीले दुई–दुई विकेट लिए ।