दिपेश तेस्रो चरणमा


काठमाडौं, (नेस)

एपीएफ क्लबका दिपेश धामी अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा मंगलबार भएको खेलमा दिपेशले प्रदेश नम्बर ५ का निरन्जन चौधरीलाई २१–१०, २१–७ को सोझो सेटमा हराए ।