स्मृतिलाई दोहोरो उपाधि


बुटवल, (नेस)
बुटवलमा सम्पन्न एन्फा कप छात्र÷छात्रा प्रतियोगिता २०७५ को उपाधि स्मृति बोर्डिङ्ग स्कुलले हात पारेको छ । देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा भएको खेलमा छात्रतर्फको खेलमा स्मृतिले न्यु होराईजनमाथि २–० तथा छात्रातर्फ स्मृतिले नै शान्ति नमुना स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

छात्रतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरे । यस्तै छात्रातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपियाँ पुरस्कार जितेका थिए ।