मेडिकल अनुसार रोनाल्डो २० बर्ष


रोम, (एजेन्सी)
हालै स्पेनिस क्लब रियल मेड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्ट्समा अनुबन्धित भएका ३३ वर्षीय फुटबलर क्रिस्टियानो रोनाल्डोको मेडिकल रिपोर्ट अनुसार उनी २० वर्ष झैं रहेको बताइएको छ ।

३३ बर्षीय रोनाल्डोको शारिरिक उमेर व्यवसायिक फुटबल खेल्नका लागि १० प्रतिशत मात्रै योग्य मानिन्छ । तर, उनको शरीरको मांशपेशी र उनको स्वास्थ्य युवा खेलाडीको झें रहेको बीआईएन स्पोर्ट्सले जनाएको हो ।

भर्खर सम्पन्न विश्वकपमा ३३.९८ किलोमिटर प्रतिघण्टा दरले दौडेर सबैभन्दा तिव्र खेलाडी मानिएको १९ वर्षीय केलियन एम्बाप्पे भन्दा रोनाल्डो तिव्र भएको समेत तथ्य बाहिर आएको छ । रोनाल्डोको मेडिकल रिपोर्ट अनुसार उनले वास्तविक उमेर भन्दा १३ बर्ष कम उमेरको खेलाडी सरह खेल्न सक्ने बताएको छ ।