रेशम खेती, प्रविधि र महत्वबारे जानकारी


परिचय
नेपालमा रेशम खेतीको विकास कार्य २०३२ सालदेखि कृषि विभाग अन्तरगत व्यवसायिक किट विज्ञान आयोजनाको रुपमा थालनी गरिएको हो । श्री ५ महाराजधिराज सरकारबाट २०४२ सालमा मध्यमाञ्चल विकास क्षेत्रको अनौपचारिक भ्रमण निर्देशन भए बमोजिम हाल अधिराज्यका ४२ जिल्लाहरुमा रेशम खेती कार्यक्रम सञ्चालन भई काभ्रेपलान्चोक, स्याङ्जा, पाल्पा र इलाम जिल्लाहरुमा कृषक स्तरमा समेत सफलतापूर्वक कोया उत्पादन भइसकेको छ ।

रेशम किरालाई किम्बुको पात ख्वाई पालिने हुँदा रेशम किरा पालन शुरु गर्नुभन्दा डेढ दुई वर्ष पहिलेदेखि रेशम किराले खाने आहारको रुपमा किम्बु खेती गर्नुपर्दछ । किम्बु खेती गर्दा सर्वप्रथम विरुवा उत्पादन गर्नुपर्दछ । किम्बुको विरुवा विउबाट कलमी, ग्राफ्टीङ, लेयरिङ आदिबार गर्न सकिन्छ । सामान्यतया कलमी प्रविधिबाट बेर्ना छिटो तयार हुने हुँदा यसको प्रयोग बढी गरिन्छ ।

सर्वप्रथम रेशम किरा पालन गर्ने कक्ष तथा अन्य सामाग्रीहरु जस्तै ट्रे, ¥याक, नाङ्लो, डाली, आरोहण, फ्रेमलाई फर्मालिन पानीद्वारा सफा गर्नुपर्दछ । बाहिरबाट किरापालन कोठामा पस्ने ढोकामा चुन, चुनपानी अथवा फर्मालिन राख्नुपर्दछ । जसले गर्दा बाहिरबाट आएका रोगका जिवाणुहरु पालन कक्षमा प्रवेश गर्न सक्दैनन् । रेशम किरा ज्यादै संवेदनशील हुने हुँदा सरसफाईमा निकै ध्यान दिनुपर्दछ ।

यसरी प्रारम्भीक कार्य पुरा भएपछि रेशम किराको फुल ओथारो राख्नुपर्दछ । रेशम किराको फुललाई उपयुक्त तापक्रममा १०÷१२ दिन ओथारो राखेपछि उक्त फुलबाट रेशम किराहरु निस्कन्छन् । भर्खर फुलबाट निस्केका किराहरु सारै मसिना हुने हुँदा यि किराहरुलाई नाङ्लो अथवा काठको ट्रेमा कागज ओछ्याई जतनको साथ सारिन्छ र माथिबाट जालीले छोपी जालीबाट मसिनो गरी कातिएको किम्बुको पात हालिन्छ । किराहरु पात खाई बढ्न थाल्छन् ।

र, दोश्रो अवस्थामा जान्छन् । यस अवस्थामा पनि कि

 

म्बुको पात मसिनो गरी काटिन्छ र खुवाइन्छ । तेस्रो अवस्थामा किम्बुको सानो सानो पात र काटिएका हाँगाहरु पनि यिनको आहारको रुपमा दिन सकिन्छ । पाँचौ अवस्थामा पुगेको रेशम किराले ८–९ दिन किम्बुको पात खाएपछि कोया (भयअययल) बनाउने तरखर गर्दछ ।

करिब २५–२८ दिनसम्ममा रेशमकिरा हुकिन्छन् । यस अवस्थामा यि किराहरु पात खान छाडी बेचैन भएर ¥याल उकेल्दै डुल्दै कुना काप्चा खोज्न थाल्दछन् । यस अवस्थामा पराल वा छवालाी कति बनाइएको आरोहण फ्रेममा रेशम किराहरुलाई आरोहण गराउनुपर्दछ । यि किराहरु आरोहण फ्रेममा ¥यालको जालो बनाउँदै आफुले बनाएको जालो भित्र पस्दै जान्छन् र अन्तममा सम्पूर्ण रुपले आफुलाई जालोले बेर्दछन् । यसरी किराले तयार गरेको कोयालाई आरोहण फ्रेमबाट झिकिन्छ र यस अवस्थामा रेशम किरा अचल अवस्थामा रहने हुँदा यदि उक्त किरालाई त्यसै छोडिएमा कोया प्वाल पारी पुतलीको रुपमा निस्कन्छ ।

रेशम धागो निकाल्नको लागि प्वाल परेको कोया उपयुक्त हुँदैन । त्यसैले किरा वयस्क बन्नुभन्दा अगाडि कोयालाई राम्रोसँग सुकाएर प्युपालाई मारिदिनुपर्दछ । उत्पादित कोयाबाट धागो निकाल्नको लागि कोयालाई पानीमा राखी करिब आधा घण्टासम्म उमाली उमालिएको कोयाहरुलाई रिलिङ (च्भअष्लिन) मेसिनमा राखी रेशम धागोको लाछीहरु तयारी पारिन्छ ।

यसरी उत्पादन गरिएको रेशमलाई कच्चा रेशम भनिन्छ भने यसरी रेशम निकालिएको कोयाहरु र खेर गएको कोयाबाट (अयअययल) बाट जर्दि रेशम निकाल्न सकिन्छ । यस प्रक्रियामा कोयाहरुलाई तातो पानीमा राखी फोहोरहरु हटाउनुको साथै काठको सानो फ्रेममा नेपाली कागज बनाए जस्तै गरी पातलो झिल्लीहरु तह मिलाएर राखिन्छ । यसबाट रेशमका साना हाते रुपाल जस्ता टुक्राहरु तयार हुन्छन् । र सुकेपछि यि टुक्राहरुबाट धागो निकालिन्छ तर यसरी काटिएको धागो मोटो र कम गुणस्तरको हुन्छ । धागो निकाली सकिएका कोया भित्र रहेका प्युपाहरु कुखुरा माछा तथा बंगुरको आहारामा मिलाई पौष्टिकस्तर बढाउने कार्यमा प्रयोग गर्न सकिन्छ ।

महत्व
भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशमा रेशम खेतीको सम्भावना प्रचुर मात्रामा रहेको देखिन्छ । तराई क्षेत्रमा यसको खेतीका लागि करिब १००–७५० मिटर र पहाड ७५० मिटर देखि १५०० मिटरमा अवस्थित भुभाग हरुमा उपयुक्त मानिएको छ । रेशम खेतीको लागि चाहिने मिल्दो वातावरण तथा उपयुक्त भुभागहरु हुँदा हुँदै पनि हाम्रो देशमा यसको खेती र व्यवसाय फस्टाउन सकिरहेको छैन । यदि हाम्रो देशमा रहेका जग्गा जमिन जहाँ अरु खेती गर्न सकिदैन वा राम्रोसँग उब्जनी हुँदैन त्यस्तो ठाउँमा रेशम किराको आहारको रुपमा प्रयोग हुने किम्बुका विरुवाहरु लगाई रेशम खेती गर्न सकिन्छ ।

खेर गइरहेका जमिनबाट बहुमुल्य रेशमको धागो उत्पादन गर्नुको साथै अर्कोतर्फ धागो निकाली सकिएका कोयाभित्र रहेको प्युपाहरु कुखुरा, माछा तथा बंगुरको आहारमा मिसाई पौष्टिक स्तर बढाउन सकिन्छ । जसले गर्दा किसानको जिवनस्तर सुदृढ गर्न मद्दत गर्दछ । अहिलेको सन्दर्भमा हेर्ने हो भने दिनानुदिन हजारौं संख्यामा युवा पिढीहरु विदेश तर्फ पलायन भइरहेको अवस्थामा यदि रेशमको खेती प्रविधि, यसका फाइदाहरुको उचित सरसल्लाहको साथै युवाहरुलाई यस क्षेत्रमा लाग्नको लागि हौसला प्रदान गर्न सकियो भने केही हदसम्म न्यूनिकरण गर्न सकिन्छ ।

देशमै थुप्रै कलकारखानाहरुको स्थापना गरी रेशमको धागोबाट बन्ने कपडाहरु र अन्य सरसामानहरु उत्पादन गर्न सकिन्छ । यसले गर्दा देशमा रहेको बेरोजगार जस्तो विद्यमान समस्यालाई हटाई रोजगारको अवसर सिर्जना गर्दछ । रेशमको धागोबाट बन्ने कपडाहरु राम्रो र एकदमै आकर्षण हुने हुँदा देश तथा विदेशमा माग धेरै छ । रेशमका कपडाहरु र यसबाट बनेका विभिन्न सरसामानहरुलाई निर्यात गर्न सकियो भने देशको अर्थतन्त्र उकास्नको लागि ठूलो टेवा पु¥याउन सक्दछ ।

लेखकदय शुलभ बैद्य र राजेन्द्र थापा हिकाष्ट कलेज काठमाडौँमा कृषि विषय लिएर स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।