मुस्ताङ ट्रिपर दुर्घटनामा आमा बुवा गुमाएका दाजुभाइ एसओएसमा



पोखरा ।
असार २२ गते मुस्ताङमा टिपर दुर्घटनामा परि आमाबाबा गुमाएका दुई दाजुभाइको जिम्मा एसओएस बालग्राम गण्डकीले लिएको छ । दुर्घटनामा आमाबाबाले नै ज्यान गुमाए पछि अनाथ भएका १२ वर्षीय विवश घर्तिमगर र उनका भाइ ६ वर्षिय विशेषण घर्तिमगरलाइ मंगलबार एसओएस बालग्राम गण्डकीले राखेको छ ।

रोल्पा थवाङ्ग गाउँपालिका १ घरभइ लामो समयदेखी पोखरा नयाँबजार बस्दै आएका उनिहरु कामको शिलशिलामा उपल्लो मुस्ताङमा सडक निर्माणको काम गर्न गएका थिए । खाना खाएपछी कामदार बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा आमा जितमाया घर्तिमगर र बुबा मौसम घर्तिमगरको घटना स्थलमै मृत्यु भएपछि दुई दाजुभाइको विचल्लि भएको थियो ।
बुबाआमाको मृत्यु पछि टुहुरा बनेका विवश र विशेषणलाइ विभिन्न संचारमाध्यमको तर्फबाट खोजी गर्दै बालग्राममा ल्याउन आग्रह गरेको एसओएस बालग्राम बाल संरक्षण स्रोत व्यक्ती सुमन बरालले बताए । ू घटना घटिसके पछि संचारमाध्यमबाट थाहा भयो, वडा संग समन्वय गरेर यहाँ ल्याउने काम गर्यौ ू उनले बताए । जोखिममा परेकाको सुनिस्चित भए पश्चात् सम्पुर्ण जानकारी गराइ बालग्राम समितिको निर्णय अनुसार बालग्राममा भर्ना गर्ने बरालए बताए । अनाथ भएका उनिहरुलाइ रोल्पा पोखरा सम्पर्क समाजको सहयोगमा बालग्राममा ल्याइएको हो । पहिले पोखरा रामघाटमा मजदुरी गर्दै आएका मृतक द्वय बाढी आएपछी काम ठप्प भएको कारण मुस्ताङ गएको सम्पर्क समाजका सल्लाहकार आसमान रोकाले जानकारी दिए । अनाथ विवश र विशेषण मैत्री चिल्ड्रेन एकेडमीमा ७ र १ कक्षामा पढ्दै आएका थिए । उनिहरुलाइ विभिन्न ठाउँबाट समेत केही रकम सहयोग आएको सम्पर्क समाजका कोषाध्यक्ष रामकुमार बुढामगरले बताए । उक्त टिपर दुर्घटनामा परि ११ जना घाइते भएका थिए भने १२ जनाको मृत्यु भएको थियो । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्