रोनाल्डो उत्कृष्ट फुटबलर


लन्डन, (एजेन्सी)
पोर्चुगल तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबलर घोषित भएका छन् ।

स्पेनिस क्बल रियल मेड्रिडबाट १ सय मिलियन पाउण्डमा इटालियन सिरी ए क्लब युभेन्टसमा हालै अनुबन्धित भएका रोनाल्डोले स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गरेको हो । एसपीएनले उनलाई ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि दिएको हो ।

चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम सहभागी थिएनन् । गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन आफनो गोलसंख्या ४४ पु¥याएका थिए ।