भारत र पाकिस्तानको चिनीले स्वदेशी उद्योगलाई समस्या

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
भारतलगायत तेस्रो मुलुकबाट ठँलो परिणाममा चिनी आयात हुँदा मुलुकभित्रको आफ्नो बजार प्रभावित भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनी उद्योगीहरुले स्वदेशी मागअनुसारको चिनी विदेशबाटै आयात हुन थालेपछि आफँहरु मर्कामा परेको बताएका हुन् ।

‘स्वदेशमा माग भएकै अनुपातमा विदेशबाट सस्तो मँल्यमा चिनी आयात भएको छ । सरकारले आयातित चिनीमा ३० प्रतिशत कर लगाए पनि भारत, पाकिस्तानलगायत मुलुकमा चिनी निर्यातमा दिइएको छुटका कारण हामीले उत्पादन गरेको भन्दा सस्तो मँल्यमा नै चिनी आयात हुन्छ ।’ नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले भन्नुभयो । उहाँका अनुसार पाकिस्तानबाट निर्यात हुने चिनीमा प्रतिकिलो ७ रुपियाँ ८० पैसाका दरले सहुलियत दिएको छ भने किसानलाई पनि उत्पादनमा सहुलियत दिइएको छ ।

जसका कारण आयातित चिनी मुलुकभित्रै उत्पादित चिनीभन्दा सस्तो पर्ने गरेको छ । गत वैशाखमा सरकारले आयातित चिनीमा शतप्रतिशत कर बढाएर ३० प्रतिशतसम्म पु¥याए पनि उक्त दर ५० प्रतिशत हुनुपर्नेसमेत उद्योगीहरुले माग राखेका छन् ।

वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग रहेको नेपाली बजारमा करिब १ लाख ८० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्दै आएका छन् । तर, विदेशबाट आयात गरिने चिनी सस्तो भएका कारण आफँहरुले उत्पादन गरेको चिनी बिक्री नभएर गोदाममै थन्काउनु परेको उद्योगीहरुको भनाइ छ ।

नेपाली चिनी उद्योगीहरुसँग हाल १ लाख २४ हजार मेट्रिकटन चिनी मौज्दात रहेको छ भने उनीहरुले करिब ५४ हजार मेट्रिकटन मात्र बिक्री गरेको छन्।

आयातित चिनी सस्तो पाएका कारण निजी क्षेत्रका व्यवसायीहरुले स्वदेशमा उत्पादित चिनी नकिनेको र साल्ट ट्रेडिङले समेत विदेशी चिनी खरिद गरेको चिनी उद्योगीहरुले आरोपसमेत लगाएका छन् । संघका उपाध्यक्ष राजकुमार अग्रवालले भन्नुभयो–‘नेपालमा निजी व्यापारीले त चिनी खरिद गरेनन् नै सरकारी लगानी रहेको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले पनि चिनी खरिद गर्न मानेको छैन ।

टे«डिङले अहिले १० हजार मेट्रिक टन चिनी खरिद गर्न चाहे पनि महँगो भएको भन्दै खरिद गरेको छैन ।’ उद्योगीहरुले ६२ रुपियाँ प्रतिकिलोमा साल्ट ट्रेडिङलाई चिनी बेच्न तयार भए पनि आयातित चिनीभन्दा धेरै महंँगो भएका कारण खरिद नगरेको अग्रवालको भनाइ छ।