रश्मीको ह्याट्रिकमा रौतहटको जित


काठमाडौं, (नेस)
रश्मीकुमारी घिसिङको ह्याट्रिकसँगैं रौतहट जिल्ला फुटबल टोलीले उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलमा जितबाट शुरुआत गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत रौतहटले काठमाडौं जिल्ला फुटबल टोलीलाई ४–० गोलअन्तरले पन्छायो । टोलीको जितमा रश्मीले ९ मिनेटमा तीन गोल गरेर ह्याट्रिक पुरा गरेकी हुन् । सबै गोल दोस्रो हाफमा हुने क्रममा रश्मीले ५०औं, ५६औं र ५९औं मिनेटमा गोल गर्दा मनिषा राउतले ६८औं मिनेटमा एक गोल थपिन् ।

यसअघि प्रतियोगिताको उदघाटन खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित ग¥यो । जसमा शर्मिला थापाको निर्णायक गोलले आर्मीलाई जित दिलाएको थियो । उनले निर्धारित समय सकिन ९ मिनेट बाँकी हुँदा गोल गरेकी हुन् ।