बिक्री नभएपछि लाखौको टमाटर सडकमा

0
Shares

गणेश साम्पाङ, पाँचथर
बिक्री नभएर बारीमै लाखौंको टमाटर कुहिन थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर र याङवरक गाउँपालिकाको नागी, थर्पुका किसानले सडकमै टमाटर फ्याँकेका छन् ।

जिल्लामै टमाटर खेतीमा प्रसिद्धी कमाएको साबिकका तीन गाविसका कृषकले उत्पादन गरेका टमाटर व्यापारीहरुले किन्न छाडेपछि चिन्तित छन्। विगतमा टमाटरबाट राम्रो आम्दानी लिएका कृषक अहिले भने सडकमा टमाटर फ्याँकर सांकेतिक विरोधमा उत्रेको स्थानीय कृषक वीरेन्द्र काप्mले भन्नुहुन्छ ।

बजारमा बिक्रीका लागि पु¥याउनुपर्ने टमाटर बिक्री नभएर कुहिएपछि आक्रोशित किसानले सरकारद्वारा किसानले उत्पादन गरेको टमाटरका लागि बजारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग रहेको छ, टमाटर उत्पादक कृषक देवी कार्की भन्नुहुन्छ । यस क्षेत्रका कृषकले ३÷४ वर्षदेखि व्यावसायिक रुपमा टमाटर खेती गरेको भए पनि यसपटक उत्पादित गोलभेंडाले बजार नपाउँदा उनीहरु चिन्तित रहेको काप्mलेको भनाइ छ ।

‘सिंगो गाउँमा टमाटर खेती छ, बिक्री नहुँदा किसान भोकभोकै हुने स्थिति छ,’‘हाम्रो माग टमाटरको बजारीकरण सरकारले गरिदिनु प¥यो भन्ने हो, होइन भने आन्दोलन गर्नुको विकल्प छैन ।’ कृषकको भनाइ छ ।

पाँचथरको अमरपुर, नागी, थर्पुलगायतका क्षेत्र गोलभेंडाको पकेट क्षेत्रको रुपमा रहेको छ । विगतमा एक परिवारले एकदेखि पाँच लाख रुपियाँसम्मको टमाटर बेच्थ्यो । प्रतिकिलो ३० रुपियाँभन्दा बढीमा बिक्री हुन्थ्यो ।तर, अहिले बिक्री नै शँन्य छ स्थानीय कृषक देशवीर राई भन्नुहुन्छ। सो क्षेत्रको मुख्य नगदे वालीको रुपमा रहेको टमाटरको मँल्य नपाएपछि निरास छन् ।

‘गाउँबाट एक गाडी (२२क्वीन्टल) टमाटर विर्तामोड बिक्रीका लागि पठाउँदा डेढ बोरा चामल पनि आउँदैन कसरी लगानी उठाउने ?’ अमरपुरका कृषक खड्ग तामाङ भन्नुहुन्छ–‘ टमाटरको बजार मँल्य नै छैन, किसानको हालत भो,’ यसले कृषकले विरोध स्वरुप टमाटर सडकमा फालेका हुन्।

किसानहरु कतै पाकेको टमाटर टिप्दै छन् त कतै स–साना विरुवा हुर्काउँदैछन् । टिपिएको टमाटर बिक्री नहुँदा नष्ट पनि गर्दैछन् । याङ्वरक गाउँपालिकाको वडा नम्वर–६ ,नागीका किसान डम्बर भन्नु हुन्छ । उहाँ पनि टमाटर बिक्री नभएपछि चिन्तित हुनुहुन्छ ।‘अब बिक्री नभएर बारीमा कुहिएर झ¥यो भने यहँँ मकै छैन ,कोदो छैन ,हामीले खाने के ? स्थिति नाजुक भयो गत वर्ष चार लाखको टमाटर बेचेको थिएँ यो पटक २ हजार पनि नहुने उहाँको गुनासो छ ।

नगदे वाली अदुवाले मँल्य नपाएपछि किसानहरु टमाटर खेतीमा आकर्षित भएका थिए । केही वर्ष आकर्षक मँल्य नै पाएका किसानले यस वर्ष मँल्य यति कम होला भन्ने सम्भवतः सोचेकै थिएनन् । यसले गर्दा नाफा त के ? निमेक पनि उठ्ने अवस्था नरहेको किसानहरु बताउँछन् । याङ्वरक –६ का टमाटर उत्पादक कृषक गंगा योङहाङ र मन्दिरा लिम्वँ पनि पाकेको टमाटर टिप्दै गर्दा बारीमा भेटिएका दुवै जनाले निराश हुँदै अर्को सालदेखि टमाटर खेती नगर्ने बताउनु हुन्छ ।

हामीले उत्पादन गरेको टमाटर भारत तिर लैजान भारतीय भंसारले नदिएपछि यो समस्या आएको व्यापारीहरुले भन्ने गरेको योङहाङले बताउनु भयो ।

पाँचथर सहित प्रदेश नम्वर–१ को ताप्लेजुङ,इलाम,तेह्रथुम,धनकुटा लगायत जिल्लामा उत्पादित टमाटरको मँख्य बजार भारत, बिर्तामोड,धरान विराटनगर र काठमाडौंसम्म जान्छ क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत अभिमन्यँ अधिकारी बताउनु हुन्छ ।

अहिलेबजारमा टमाटर बिक्री छैन, बिक्री नहुनुको खास कारण के हो किसानलाई थाहा छैन । जिल्ला कृषि विकास कार्यालय पँँचथरका अधिकृत प्रकाश विश्वकर्मा भन्नुहुन्छ टमाटर सहित अन्य कृषि उपजको उत्पादनपछि बजारीकरणमा सम्वन्धित स्थानीय तहको कृषि शाखाले गर्नुपर्ने बताउनु हुन्छ विश्वकर्मा ।