समाजवादी लाठी र ग्यास !

0
Shares

धरहराले कुरोको चुरो बुझेर कहिल्यै नसक्ने भो । भूकम्पपीडित लुरो धरहरा साह्रै सुरो हुने कुरो पनि भएन । नभए समाजवादी कार्यकारी सरकारको उखान टुक्काको लय बुझेको भए मार्दिनु ! पहिला–पहिला त उखानटुक्के कार्यकारीको उखान सुनेर मनोरञ्जन मिल्थ्यो ।

अहिले उखानटुक्काको लय नै बदलिन थालेको छ जय नेपालमा । उखानटुक्का अब लाठीचार्ज र अश्रु ग्यासमा लयवद्ध हुन थालेको धरहराको मात्र होइन धेरै मानिसको ठम्याइ छ ।

व्यवहारले जोगी भन्न मिल्ने एकजना चिरफारे डाक्टरले आम गरिब जनताले पढ्न पाउने गरी उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेर भोकहड्ताल गर्न थालेपछि उखानटुक्काले लय फेर्न थालेको हो भन्ने धरहरालाई लाइरा’छ । उखानटुक्काले लाठीचार्ज र अश्रुग्यासमा लय मिलाएर जुम्ला अस्पतालमा प्रवेश ग¥यो ।

त्यो फेरि काठमाडौँमा फर्किएको कुरा धरहराको उचाइबाट शनिबार प्रष्टै देखियो । चिरफारे डाक्टरका समर्थकले निकालेको शान्तिपूर्ण ¥यालीमा लाठी र अश्रुग्यास बर्सिएपछि उखानटुक्के कार्यकारीले विगतमा बोलेका सन्दर्भहरू त्यही ¥याली झैँ ओहोरदोहर हुनथाले दिमागमा । ए, समाजवादी लाठी त यस्तो पो हुँदोरहेछ, अनि घरघरमा ग्यास पु¥याउने भन्या त आँखा आँखामा पो रै’छ । कम्युनिष्ट सरकारका पालाँ रुन पर्दैन भन्या त उल्टो पो रैछ ।