निगमको १५ दिनको घाटा २५ करोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल आयल निगमको १५ दिनको घाटा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मँल्य बढाएर ३० असारमा पठाएको नयाँ मँल्यसुची अनुसार निगमको घाटा बढेको हो ।

नयाँ मँल्यसँची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टितेल र हवाई इन्धनको मँल्य सावितकै मँल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

आईओसीले गत जुलाई १ मा पठाएको मँल्यसँचीअनुसार निगमले पेट्रोल मट्टितेल र हवाई इन्धनको पाक्षिक घाटा ३ करोड ६२ लाख रहेको थियो । निगमले विज्ञप्तिमा गर्दै अन्तर्राष्ट्रिय बजार भाउ अनुसार नेपालले पेट्रोलियम पदार्थ बिक्री गर्न नसक्दा घाटा भएको बताएको थियो ।
पछिल्लो समय निगमलाई पेट्रोलमा प्रतिलिटर ५२ पैसा घाटा छ।

यस्तै, डिजेलमा प्रतिलिटर २ रुपियाँ ९० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ३३ रुपियाँ ९० पैसा घाटा छ। मट्टितेल, हवाई इन्धन साविकै मँल्य कायम गरेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत जुन १ मा साविकै बिक्री मँल्य र नयाँ खरिद मँल्य बमोजिम पेट्रोल प्रतिलिटर १ रुपियाँ ६७ पैसा नाफा थियो भने डिजेलमा प्रतिलिटर रु ०.६७ र एलपी ग्यासमा खरिद लागत प्रतिसिलिन्डर भण्डै ९५ रुपियाँ बढेर आएकाले प्रतिसिलिन्डर २ सय ३३ रुपियाँ ९० पैसा घाटा रहेको निगमले जनाएको थियो ।

पेट्रोल, मट्टितेल र हवाई इन्धनको नाफा मिलान गर्दा पनि पाक्षिक ३ करोड ६२ लाख घाटा हुने गरेको निगमले जनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मँल्यको परिवर्तनमा निगमले मँल्य समायोजन गर्न सकेमा केही हदसम्म भए पनि निगमको घाटामा राहात पुग्ने देखिएको छ ।
आईओसीले हरेक १५ दिनको अन्तरालमा मँल्य परिवर्तन गरी मँल्य समायोजन गर्दै आएको छ । यसले गर्दा भारतीय वार्ड नजिकको क्षेत्रमा नेपालमा पेट्रोल प्रतिलिटर २३ रुपियाँ ६९ पैसा र डिजेल प्रतिलिटर २६ रुपियाँ सस्तो रहेकाले गर्दा नेपाली बजारबाट भारततर्फ ठँलो मात्रमा इन्धन पैठारी हुने गरेको छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १ सय १० रुपियाँ र डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपियाँमा बिक्री वितरण भइरहेको छ । प्रतिलिसिन्डर ग्यासको उपभोक्ता मँल्य हाल १ हजार सय ३ सय ७५ रुपियाँ रहेको छ । आन्तरिक हवाई इन्धनको मँल्य प्रतिलिटर १ सय रुपियाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मँल्य प्रतिलिटर १ दशमलब ७ अमेरिकी डलर कायम रहेको छ ।

निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वतः निर्धारण मँल्य संरचना बमोजिम मँल्यको विस्तृत विश्लेषण गर्दै आईओसीबाट हरेक १ तारिख र १६ तारिखमा प्राप्त मँल्यसँचीको आधारमा गर्दा बजार मँल्य निर्धारण गर्दै आएको छ ।