सबै स्थानीयतहमा सुविधा सम्पन्न अस्पतालः राज्यमन्त्री अर्याल


अमृत अर्याल, स्याङ्जा ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालले राज्यका ७ सय ५३ वटै स्थानीयतहमा सुविधा सम्पन्न अस्पताल राज्यले निर्माण गर्ने बताउनुभएको छ । अर्यालले सबै प्रदेशमा विषेशज्ञ सहितको सुविधा सम्पन्न अस्पतालल निर्णण पछि स्वास्थ्य सेवा लिन बाहिर जान नपर्ने बताउनुभयो ।

५१ औ जिल्लाको रुपमा स्याङ्जा जिल्लालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्दै राज्यमन्त्री अर्यालले अब राज्यले जनता आरोग्य नेपाल कार्यक्रम अन्तर्गत तिन प्रकारका चिकित्सा एउटै स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

स्वयंसेवीकाको कामले पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग पुगेको बताउदै अर्यालले बाल मृत्यु र मातृ मृत्यु दर समेत घटेको धारणा व्यक्त गर्नुभयो । राज्यमन्त्री अर्यालले आगामी बर्षमा स्वयंसेवीकालाई सेवामा राम्रो ब्यवस्था गर्ने बताउनुभयो ।

अर्यालले जनताको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ भन्दै मौलिक हकमा लेखीएको आधारभुत स्वास्थ्य राज्यले पुरा गर्ने बताउनुभयो । उहाँले अहिले १२ सय वडामा १२ सय स्वास्थ्य संस्था बनाउन सरकारले रकम निकासा गरेका जानकारी दिनुभयो ।

समय अनुसारका औषधीको प्रयोग फरक ढंगले हुदै गएको बताउदै अर्यालले बुझेर मात्र औषधीको प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले बाल तथा मातृ मृत्युदर घटाउन हरेक वडाहरुमा बर्थिङ सेन्टरको पाचँ बर्ष भित्र ब्यवस्था हुने बताउनुभयो ।

असारे बिकासको प्रबृत्ती अन्त्य गर्नुपर्ने बताउदै अर्यालले भदौबाट अख्तियारी र असोजबाट बिकासका काम अगाडी बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो दरबन्दीमा नबस्ने डाक्टरलाई कडा कारबाही गर्ने बताउदै अर्यालले सरकारी कोटामा पढेर राज्यले खटाएको ठाउँमा नजाने डाक्टर कोही पनि कारबाहीबाट नछुट्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायण मरासिनी, प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ, डा बिनोद गिरी, पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री, आधीखोला गाउपालिका अध्यक्ष सुधिर पौडेल र नेकपाका नेता पारस गैह्रे लगायतले पूर्णखोप घोषणामात्र गरेर नहुने कार्यन्वयनमा ध्यान दिन जरुरी रहेको बताउनुभएको थियो ।

यहाँका लक्षित बालबालिकाहरुले १५ महिना भित्र पुर्ण खोप प्राप्त गरेपछि पुर्ण खोप सुनिश्चित घोषण गरिएको र यहाँका ४ हजार ४ सय ९८ जना बालबालिकाले सतप्रतिशत पुर्ण रुपमा खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले जानाकारी दिनुभयो ।